स्याङ्जा : नगरपालिकामा कांग्रेस र गाउँपालिकामा एमालेकाे वर्चस्व

स्याङ्जा – पालिका चुनाव २०७९ अन्तर्गत स्याङ्जाका ११ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले पाँच गाउँपालिकामा विजयी भएको छ ।  २०७४ को चुनावमा जिल्ला सदरमुकामको पुतलीबजारसहित दुई नगरपालिका र पाँच गाउँपालिकाको नेतृत्व गरेको एमाले यस पटक पाँच गाउँपालिका र एक नगरपालिकामा सीमित भएको छ । अघिल्लो चुनावमा बहुमतसहित पालिकाको नेतृत्व हात पारेको एमाले यस पटक भने प्रायः सबै पालिकामा झिनो मतान्तरले विजय...

सम्बन्धित सामग्री

धनराजले अयोग्यलाई न्यायाधीश बनाएर लोकतन्त्रको चीरहरण गरे : पद्मा अर्याल

पाल्पा : नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको सरकारका मन्त्रीले लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएकी छन्।स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मन्त्री धनराज गुरुङले लोकतन्त्रको मर्मविपरीत काम गरेको बताइन्। कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै पद्माले भनिन्, 'धनराजले लोकन्तन्त्रको चीरहरण गरे।'योग्यता नै नपुगेका सरकारी वकिल रामचन्द्र शर्मालाई उनले मन्त्री पदको दुरुपयोग गरेर न्यायाधीश बनाएको अर्यालले बताइन्।गुरुङ स्याङ्जा क्षेत्र नम्बर

स्याङ्जा: नगरमा कांग्रेस, गाउँमा एमाले

स्थानीय तहको निर्वाचनमा स्याङ्जामा प्रमुख प्रतिस्पर्धी पार्टी कांग्रेस र एमाले मात्र रहे । नगरपालिकामा कांग्रेसको वर्चश्व देखिएको छ भने गाउँपालिकामा एमालेकाे । मतगणनाको अन्तिम परिणम अनुसार स्याङ्जाका एघार पालिकामध्ये १० वटामा प्रमुख र उपप्रमुखमा एउटै पार्टीबाट निर्वाचित भएका छन् भने वालिङ नगरपालिकामा एमाले र कांग्रेस निर्वाचित भए ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा कांग्रेस विजयी

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसमा प्रकाश तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।तिवारीले ५ हजार २९१ मत ल्याउँदा गुरुङले ३ हजार ३४७ मत ल्याउनु भएको छ । यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै सपना गुरुङ […]

स्याङ्जाका नगरमा काँग्रेस गाउँपालिकामा एमाले

स्याङ्जा-स्याङ्जाका ११ स्थानीय तहमा ५ नगरपालिका र ६ गाउँपालिकामध्ये हालसम्म नतिजा प्राप्त भएका ३ नगरपालिका र १ गाउँपालिकामा नेपाली कांग्रेस र ५ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २ नगरपालिकाको नतिजा आउन बाँकी छ ।२०७४ को स्थानीय निर्वाचनमा जिल्ला सदरमुकामको पुतलीबजारसहित २ नगरपालिका र ५ गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल एमाले यसपटक […]

स्याङ्जाको बिरुवा गाउँपालिकामा एमालेका कुँवर विजयी

प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेललाई १ सय २६ मतान्तरले पछाडि पार्दै स्याङ्जा बिरुवा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउँदा कांग्रेसका पोखरेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरे । पोखरेल विरुवा गाउँपालिकाको कांग्रेस सभापति समेत हुन् ।

भीरकोटका ४७ मध्ये ४६ सिटमा कांग्रेस विजयी

स्याङ्जा (अस) । स्याङ्जाको भीरकोट नगरपालिकामा ४७ सिटमध्ये ४६ ओटामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । ९ वडा रहेको भीरकोटमा नेपाली कांग्रेसले वडा नं ६ को वडाध्यक्ष बाहेक सबै प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूमा जितेको हो । नगर प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य ६ हजार ५०४ मतले विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत पाएका थिए । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी भगवती रेग्मी अर्यालले ७ हजार १९७ मतसहित जितेकी छन् । उनकी प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ९२८ मत पाइन् । भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता छन्, जसमध्ये १३ हजार १३ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसकै उम्मेदवारले जितेका थिए । फेदीखोलामा एमाले विजयी यसैबीच, स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम सुवेदी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित सुवेदीले ३ हजार ८३६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी बरालले ३ हजार ७०४ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छन् । उनले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १ हजार ५९९ मतले पछाडि पारिन् । गुरुङले ३ हजार ९७८ मत प्राप्त गर्दा सुवेदीले २ हजार ३७९ मत प्राप्त गरे । फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा ८ हजार १३९ जनाले मतदान गरेका थिए । अध्यक्षमा निर्वाचित भएका सुवेदी यसअघि पनि गाउँपालिकाको अध्यक्ष रहेका थिए ।

स्याङ्जाको हरिनासमा ३७ मतले एमाले विजयी

स्याङ्जा-स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । यसअघि पाँच वर्ष गाउँपालिकाको नेतृत्व सम्हालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका टोपबहादुर भुजेल ‘टोपा’लाई ३७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।गाउँपालिकाको अध्यक्षमा विजयी मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका थिए भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ […]

पुल अलपत्र पार्ने कांग्रेस नेता कान्छारामविरुद्ध स्याङ्जा कांग्रेसको उजुरी

काठमाडौं । ठेक्का लिएर काम नगर्ने ठेकेदार तथा कांग्रेसका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध कांग्रेसकै नेताहरुले प्रदेश सरकार गुहारेका छन् । स्याङ्जाका कांग्रेस जिल्ला सभापति राजु थापाको नेतृत्वमा आँधिखोला गाउँपालिका कार्यसमितिका नेताहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटेर ठेकेदारलाई कारवाही गर्न आग्रह गरेका हुन् । स्याङ्जाको आँधिखोला गाउँपालिकामा पुल निर्माणका लागि कान्छाराम–आशेष जेभीले ठेक्का पारेको […]