काँग्रेस अधिवेशन : गोपालमान श्रेष्ठलाई आफ्नै गृहनगरमा धक्का

नेपाली काँग्रेसका केन्द्रीय नेता एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाका ११ पालिकामध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । बाँकी दुई पालिकामा आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।चापाकोट नगरपालिकामा विक्रमबहादुर सारु सभापतिमा निर्विरोध चयन भएका छन् भने अन्य सबै पालिकामा निर्वाचन भएको हो ।नेपाली काँग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि दाबी गरिरहेका छन् । तर आफ्नै गृहनगर पुतली बजारमा उनको समूह पराजित भएको छ ।श्रेष्ठले