सिटिजन्स बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स बैंकको ऋणपत्र सोमवार सूचीकृत भएको छ । बैंकको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् ।