भारतमा होटल र रेस्टुरेन्टले अब सेवा शुल्क लिन नपाईने

भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण सीसीपीएले यो सातादेखि होटल र रेस्टुराँमा खानपिन गरेपछि दिइने बिलमा सर्भिस चार्ज अर्थात् सेवा शुल्क जोड्न नपाइने नियम लागु गरेको छ। त्यस्तो शुल्क तिर्न बाध्य पारिएको उपभोक्ताहरूबाट आउने गुनासो बढेपछि उक्त निर्देशन जारी गरिएको सरकारी निकायहरूले जनाएका छन्।भारतमा रेस्टुराँहरूले प्रायः पाँच देखि १० प्रतिशतसम्म 'सेवा शुल्क' जोड्ने गरेका छन्। तर नयाँ नियमानुसार उनीहरूले अब बिलमा 'पूर्वनिर्धारित रूपमा वा स्वचालित रूपमा सेवा शुल्क थप्न' पाउनेछैनन्।नयाँ निर्देशनअनुसार रेस्टुराँहरूले अब 'अन्य कुनै पनि शीर्षकअन्तर्गत' टिप लिन वा 'त्यस्तो रकम तिर्न अस्वीकार गर्ने व्यक्तिलाई प्रवेश नदिन नपाइने' नियम लागु गरिएको छ। रेस्टुराँहरूले असुल्ने टिपको विषयलाई लिएर भारतमा पछिल्ला केही वर्षदेखि विवाद उत्पन्न भएको छ।ग्राहकहरूले त्यस्तो अतिरिक्त शुल्कबारे आफूहरूलाई पूर्वजानकारी नदिइने भन्दै गुनासो गरेका थिए।सन् २०१७ मा उपभोक्तासम्बन्धी मामिला हेर्ने विभागले जारी गरेको निर्देशिकामा ग्राहकले व्यञ्जनसूची (मेन्यू)मा उल्लेख गरिएको शुल्क र सरकारले लागु गरेको कर मात्रै तिर्दा हुने उल्लेख छ।विभागले सर्वसाधारण उपभोक्ताले खानपिनपछि टिप दिने वा नदिने भन्ने कुरा 'स्वविवेक' मा भर पर्ने र ग्राहकको सहमतिबिना लगाइएको अतिरिक्त शुल्कलाई 'अनुचित अभ्यास' मानिने जनाएको थियो।सरकारले रेस्टुराँहरूलाई तिनका कर्मचारीलाई उचित पारिश्रमिक दिन प्रोत्साहित गर्नुका साथै आफ्नो लागत धान्नका लागि शुल्क बढाउन सुझाएको थियो।तर रेस्टुराँहरूले भने बिलमा टिप जोड्ने कामलाई निरन्तरता दिएका थिए। नयाँ नियमानुसार ग्राहकहरूले अनलाइन वा न्याश्नल कन्ज्यूमर हेल्पलाइनमार्फत् गुनासो दर्ता गर्न पाउनेछन्।

सम्बन्धित सामग्री

दश प्रतिशत सेवा शुल्क खारेज: ‘मेनु’ को मूल्य बढ्नेछ, उपभोक्तालाई सस्तो पर्दैन

सर्वोच्च अदालतले गत बुधबार होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गर्‍यो। यो फैसलापछि होटल, रेस्टुरेन्टमा खानपिनका लागि पुग्ने र कुनैपनि पर्यटकीय सेवा सुविधा लिँदा केही सस्तो पर्ने आशमा उपभोक्ता त छन्। तर, उपभोक्ता...

दश प्रतिशत सेवा शुल्क खारेज: ‘मेनु’ को मूल्य बढ्नेछ, उपभोक्तालाई सस्तो पर्दैन

सर्वोच्च अदालतले गत बुधबार होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गर्‍यो। यो फैसलापछि होटल, रेस्टुरेन्टमा खानपिनका लागि पुग्ने र कुनैपनि पर्यटकीय सेवा सुविधा लिँदा केही सस्तो पर्ने आशमा उपभोक्ता त छन्। तर, उपभोक्ता...

बिलबाट हट्ने सेवा शुल्क सर्नसक्छ मेनुमा

१३ माघ, काठमाडौं । बुधबार सर्वोच्च अदालतले होटल, रेष्टुरेन्टले ग्राहकसँग लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गर्‍यो । यो फैसलापछि होटल मजदुरहरु आक्रोशित बनेका छन् भने मालिकहरु दंग छन् । खाना–खाजा र पर्यटकीय सेवा सुविधा लिंदा तिर्नुपर्ने शुल्क घट्ने आशामा उपभोक्ता छन् । अहिले ग्राहकबाट असुलेको सेवा शुल्कबाटै श्रमिकहरुको सेवा सुविधा व्यवस्थापन गरिरहेका होटलहरु […]

होटल-रेस्टुराँले मेनुमा सेवा शुल्क र भ्याट जोडेर लिए कारबाही हुने

३ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मेनुमा उल्लेख भएबाहेक अतिरिक्त रकम उपभोक्ताबाट नउठाउन होटल रेस्टुराँलाई सचेत गराएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै होटल तथा रेस्टुराँले मेनु मूल्यमै सेवा शुल्क र भ्याट जोडेर मूल्य तोकेको हुने भन्दै थप रकम नलिन आग्रह गरेको छ । होटल तथा रेस्टुराँहरुले त्यसरी रकम […]

होटल–रेस्टुरेन्टले मेनुमा भन्दा बढी पैसा लिन नपाउने अदालतको फैसला

१० असोज, काठमाडौं । काठमाडौं जिल्ला अदालतले रिसोर्टको बिलमा मेनुमा उल्लेख भएको मूल्यबाहेक मूल्य अभिवृद्धि कर (भ्याट) र सेवा शुल्क शीर्षकमा अतिरिक्त रकम लिन नपाइने फैसला गरेको छ । काठमाडौंको बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी रकम लिएको विषयमा परेको मुद्दामा जिल्ला अदालतले मेनुमा तोकिएको मूल्यका अतिरिक्त सेवा शुल्क बापत १० […]

भारतको होटल र रेस्टुरेन्टमा सर्भिस चार्ज लिन नपाइने

भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले होटल, रेस्टुरेन्ट र ढाबा आदिलाई खानाको बिलमा सेवा शुल्क लगाउन प्रतिबन्ध लगाएको छ। सेवा शुल्कमा बहस सुरु भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१७ मा पनि केन्द्र सरकारले कसैलाई पनि सर्भिस चार्ज वा सेवा शुल्क तिर्न बाध्य पार्न नहुने बताएको थियो ।तर केन्द्र सरकारले सूचना जारी गरेको पाँच वर्ष बितिसक्दा पनि देशभरका अधिकांश रेष्टुरेन्टले सेवा शुल्क असुलिरहेका छन् । यति मात्र होइन, केन्द्र सरकारको एक मिनी रत्न कम्पनी आईआरसीटीसीले पनि सेवा शुल्क लिइरहेको छ

भारतका होटल, रेस्टुरेन्टमा सर्भिस चार्ज लिन प्रतिबन्ध

भारतका होटल, रेस्टुरेन्टहरूमा 'सर्भिस चार्ज' अर्थात् सेवा शुल्क लिन प्रतिबन्ध लगाइएको छ । सेवा शुल्क तिर्न बाध्य पारिएकोबारे ग्राहकको गुनासो बढेपछि भारतको उपभोक्ता संरक्षण प्राधिकरणले सेवा शुल्क लिन प्रतिबन्ध लगाएको हो ।  भारतमा होटल, रेस्टुरेन्टहरूले सेवा शुल्कको नाममा ग्राहकको बिलमा ५ देखि १५ प्रतिशत रकम थप्ने गरेका छन् । अब मूल्यसूचीबाहेक अतिरिक्त रकम जोड्ने नपाइने व्यवस्था भएको बीबीसीले जनाएको छ ।  प्राधिकरणले जारी गरेको नयाँ आचारसंहितामा अब होटल, रेस्टुरेन्टहरूमा प्रवेश गर्दा वा सेवा लिँदा ग्राहकको स...

होटल व्यवसाय सुरक्षाका लागि प्रशिक्षण सुरु

औद्योगिक सम्बन्ध मजबुत र सुमधुर बनाउने उद्देश्यले केन्द्रीय स्तरमा भएको सामूहिक तथा सेवा शुल्क सम्बन्धी सम्झौता २०७५ ले अख्तियारी गरेको अधिकार सम्पन्न संयुक्त कार्यदलले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर र बच्ने उपाय विषयक तालिम तथा प्रशिक्षण सुरु गरेको छ ।कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष सृजना राणाले कोभिड–१९ को विषम […]

हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क

सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो तर लामो समयदेखि सेवा प्रदायकले खारेजीको माग गरिरहेको दूरसञ्चार सेवा शुल्क र विद्युत् महसुलमा लगाइँदै आएको इनर्जी शुल्क भने अझै उपभोक्तामाथि भार बनाइएको छ।