भारतका होटल, रेस्टुरेन्टहरूमा 'सर्भिस चार्ज' अर्थात् सेवा शुल्क लिन प्रतिबन्ध लगाइएको छ । सेवा शुल्क तिर्न बाध्य पारिएकोबारे ग्राहकको गुनासो बढेपछि भारतको उपभोक्ता संरक्षण प्राधिकरणले सेवा शुल्क लिन प्रतिबन्ध लगाएको हो ।
भारतमा होटल, रेस्टुरेन्टहरूले सेवा शुल्कको नाममा ग्राहकको बिलमा ५ देखि १५ प्रतिशत रकम थप्ने गरेका छन् । अब मूल्यसूचीबाहेक अतिरिक्त रकम जोड्ने नपाइने व्यवस्था भएको बीबीसीले जनाएको छ ।
प्राधिकरणले जारी गरेको नयाँ आचारसंहितामा अब होटल, रेस्टुरेन्टहरूमा प्रवेश गर्दा वा सेवा लिँदा ग्राहकको स...