काठमाडाैं : २०७९ साल चुनावी वर्षका रुपमा रहने भएको छ।वर्षको पहिलो महिनामै स्थानीय तहको चुनाव सकिएपछि यसै वर्षको कात्तिक मंसिरमा प्रदेश र संघको पनि चुनाव गर्नुपर्ने देखिएको छ।निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि तयारी गरिरहँदा दलहरुले पनि आ आफ्नै तयारी गरिरहेका छन्।तीनै तहका ५ वर्षे कार्यकाल यही वर्ष पूरा हुँदैछ।बैशाख ३० गते स्थानीय तह चुनावको मिति नजिकिँदै गएपनि कहिलेकाहीँ चुनाव नहुने विषयमा विभिन्न टिका टिप्पणी पनि आउने गर्छन्।यद्यपी दलहरु चुनावी वर्षका रुपमा २०७९ साललाई मा