वैशाख ३० मा घोषित स्थानीय तह निर्वाचनका लागि दलहरू यतिबेला उम्मेदवार छनोटमा व्यस्त छन् । एक महिना मात्रै समय बाँकी रहँदा निर्वाचन आयोगले पनि तयारी तीव्र बनाएको छ । स्थानीय मात्रै होइन यस वर्ष प्रतिनिधिसभा, प्रदेशसभाका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको पनि चुनाव हुँदै छ । कुल ३६ हजारभन्दा बढी जनप्रतिनिधि चुनिने भएकाले २०७९ साल चुनावी वर्ष हुनेछ ।