कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात् भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थि इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो । नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघिनै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ […]