गुल्मी - गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–३ का ३७ वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सडक भासिएपछि ट्रक दुर्घटना भएको र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
ट्रकका सहचालक भने जोगिएका छन् ।