८ माघ, सुर्खेत । सुर्खेतको एमाले मोडमा बिहीबार ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् । रत्नराजमार्ग अन्तर्गत जिल्लाको भेरीगंगा नगरपालिका–५, एमाले मोड नजिकै ट्रक दुर्घटना हुँदा ट्रक चालक कुमाख गाउँपालिका–१, सल्यानका ४५ वर्षीय भुपेन्द्रबहादुर चन्द घाइते भएको प्रहरीले जनाएको छ । जाजरकोटबाट नेपालगञ्जतर्फ खाली सिलेन्डर बोकेर जाँदै गरेको भे १ क ३२६४ नम्बरको ट्रक […]