धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौँ– सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित […]

सम्बन्धित सामग्री

कोभिड–१९, अन्तर्राष्ट्रिय मुद्राकोष र नेपाल

चालू आर्थिक वर्ष २०७८-०७९ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा हालै जारी गरेको प्रतिवेदनमा सन् २०२२-०२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।कोभिडको महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही […]

नेपालमा पूर्ण मात्रा खोप लगाउने १ करोड बढी पुगे

देशभर थप २७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप २२५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देश

‘बुस्टर डोज लगाउन सुरु गर्ने सल्लाह भएको छ’

गाउँमा खोप लगाउने प्रतिशत कम छ भने शहरमा बढी छ । त्यसैले अब १६ हजार केन्द्रबाट खोप अभियान सञ्चालन गर्छौं । यसले पनि भएन भने जनगणना गरे जसरी घरघरमा पुगेको जसरी खोप अभियान सञ्चालन गर्छौं । आवश्यक परे राजनीतिक दललाई पनि दुई जना स्वास्थ्यकर्मीलाई साथमा लिएर जनताको घरघरमा खोप लिएर जान आहृवान गर्छौं ।

नेपालमा कम्तीमा एक मात्रा कोरोनाविरुद्धको खोप लगाउने १ करोड बढी

देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२०  र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड–१९ को सङ्क्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । हाल

‘खोप लगाउनु सिकिस्त हुनबाट जोगिनु हो, संक्रमणबाट बच्नु होइन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोजसम्म नेपालको ३० प्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार अब खोप निरन्तर ल्याइने पनि मन्त्रालयले जनाएको छ ।  नेपाललाई जापान सरकारले कोभ्याक्स सुविधामार्फत् दिएको एस्ट्राजेनिका खोप आज आएकोसमेत गरी सबै (१६ लाख डोज) खोप नेपाल आइपुगेको छ ।...

७२ प्रतिशत जनसंख्यामा कोरोना खोप लगाउने तयारी

काठमाडौं। सरकारले १८ वर्षमाथिका ७२प्रतिशत जनसंख्यामा कोरोना खोप लगाउने तयारी पुरा गरिसकेको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन भइरहेका जिल्लामा भेरोसेलका खोप र भोली वा पर्सिबाट सुरु हुने बाँकी जिल्लामा जोनसन कम्पनीको खोप लगाइने जनाएको छ। साउन पन्ध्रभित्र कम्तीमा३२लाख खोप नेपाल आइसक्ने र त्यसपछि पनि निरन्तर खोपहरु नेपाल आउने मन्त्रालयले जनाएको छ।

कोरोना खोपको दौडः चीन पहिलो, भारत तेस्रो, नेपाल ५१ औं स्थानमा

१४ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यमा विकशित देशहरुले तीव्र प्रगति गरिरहेका छन् । गरिव मुलुकहरु केही लाख डोज खोपका लागि तडपिइरहेका बेला खोप विकाश र उत्पादनमा पकड भएका मुलुकहरुले आफ्ना नागरिकको ठूलो हिस्सालाई खोप लगाइसकेका छन् । बुधबारसम्म विश्वभर झण्डै १ अर्ब ७० करोड डोज खोप लगाइएकोमा त्यसको ६० प्रतिशत खपत मुख्य […]

दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर कोरोना खोप लगाइने

–प्रकाश सिलवालकाठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको छ ।पचपन्न वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ का लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो । यस समूहलाई दोस्रो चरणमा आगामी जेठ १७ गत

चार चरणमा खोप लगाउने तयारी, उपचारमा खटिने पहिलो प्राथमिकतामा

नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । देशले धान्न सक्ने खोप आएपछि कसरी र कुन समूहलाई लगाउने भनेर छलफल थालेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । ‘अब छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेका छांै’ गौतमले भन्नुभयो । ‘त्यसका लागि हामीले खोप कसरी र कसलाई दिने भनेर छलफल सुरु गरेका छांै’ उहाँले थप्नुभयो । उहाँका अनुसार सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने छ । पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा. शर्माले भन्नुभयो । उहाँका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ । ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ । ५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा. शर्माले भन्नुभयो । तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा. शर्माले भन्नुभयो । अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदै छ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् । चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ । खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरि खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ । नेपाललाई भारत र चीनमा बनेका खोपहरु उपयुक्र्त हुने भएकाले त्यसमै जोड दिन आवश्यक रहेको माइक्रोबायोलोजिष्ट तथा खोपबारे अध्ययन गरिरहनु भएका डा. प्रकाश घिमिरे बताउनुहुन्छ । ‘खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने नेपालका लागि उपयुक्त कोल्ड चेन भण्डारणको र कम लागतको खोप नेपालले पर्खिरहेको छ’ डा. घिमिरेले भन्नुभयो । नेपालमा यसअघि प्रयोग भैरहेका खोपहरु दुई देखि आठ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको डा. शर्माले भन्नुभयो । नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध समेत गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ । नेपालको भौगोलिक अवस्था सुहाउँदो र नेपालको आर्थिक भारले धान्न सक्ने खालको खोप आएपछि नेपालमा खोप भित्रने डा. प्रकाश घिमिरे घिमिरेले भन्नुभयो । नेपालमा भारत र चीनमा बनेका र अरु देशमा बनेका दुईदेखि आठ डिग्री सेल्सियसको खोप राम्रो हुने भएकाले नेपालमा सोही खोपको कुरा भैरहेको हुन सक्ने उहाँले बताउनुभयो । नेपालले कुरा गरिरहेको भन्ने सुनेकाले तीन महिनाभित्र खोप आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालको लागि सुहाउँदो खोपले लाइसेन्स पाउने बित्तिकै नेपालमा कोरोना खोप भित्रिने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।