चार चरणमा खोप लगाउने तयारी, उपचारमा खटिने पहिलो प्राथमिकतामा

नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । देशले धान्न सक्ने खोप आएपछि कसरी र कुन समूहलाई लगाउने भनेर छलफल थालेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । ‘अब छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेका छांै’ गौतमले भन्नुभयो । ‘त्यसका लागि हामीले खोप कसरी र कसलाई दिने भनेर छलफल सुरु गरेका छांै’ उहाँले थप्नुभयो । उहाँका अनुसार सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने छ । पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा. शर्माले भन्नुभयो । उहाँका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ । ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ । ५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा. शर्माले भन्नुभयो । तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा. शर्माले भन्नुभयो । अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदै छ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् । चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ । खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरि खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ । नेपाललाई भारत र चीनमा बनेका खोपहरु उपयुक्र्त हुने भएकाले त्यसमै जोड दिन आवश्यक रहेको माइक्रोबायोलोजिष्ट तथा खोपबारे अध्ययन गरिरहनु भएका डा. प्रकाश घिमिरे बताउनुहुन्छ । ‘खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने नेपालका लागि उपयुक्त कोल्ड चेन भण्डारणको र कम लागतको खोप नेपालले पर्खिरहेको छ’ डा. घिमिरेले भन्नुभयो । नेपालमा यसअघि प्रयोग भैरहेका खोपहरु दुई देखि आठ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको डा. शर्माले भन्नुभयो । नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध समेत गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ । नेपालको भौगोलिक अवस्था सुहाउँदो र नेपालको आर्थिक भारले धान्न सक्ने खालको खोप आएपछि नेपालमा खोप भित्रने डा. प्रकाश घिमिरे घिमिरेले भन्नुभयो । नेपालमा भारत र चीनमा बनेका र अरु देशमा बनेका दुईदेखि आठ डिग्री सेल्सियसको खोप राम्रो हुने भएकाले नेपालमा सोही खोपको कुरा भैरहेको हुन सक्ने उहाँले बताउनुभयो । नेपालले कुरा गरिरहेको भन्ने सुनेकाले तीन महिनाभित्र खोप आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालको लागि सुहाउँदो खोपले लाइसेन्स पाउने बित्तिकै नेपालमा कोरोना खोप भित्रिने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

सम्बन्धित सामग्री

बुस्टर डोज खोप लगाउँदै सिंहदरबारका कर्मचारी (फोटोफिचर)

सरकारले आइतबारदेखि देशभर बुस्टर डोज खोप लगाउन सुरु गरेको छ। अग्रपंक्तिमा खटिने जनशक्तिलाई सरकारले बुस्टर डोज खोप दिन सुरु गरेको हो। सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई सिंहदरबार परिसरभित्रै खोप लगाउने व्यवस्था गरिएको...

भोलिदेखि बुस्टर डोजः अग्रपंक्तिमा खटिने प्राथमिकतामा

सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ ।

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो । सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरूलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले माघ २ देखि बुस्टर डोज लगाउने तयारी गर

माघ २ देखि बुस्टर मात्रा खोप लगाउने सरकारको निर्णय

सरकारले यही माघ २ गतेदेखि कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन थाल्ने निर्णय गरेको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई बुस्टर मात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै माघ १४ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाइनेछ । यस्तै खोप लगाएको ६ महिना पूरा भइसकेका नागरिकलाई पनि बुस्टरमात्र लगाइनेछ । पहिले लगाइएकै खोपको बुस्टर मात्रा लगाउने गरी स्वास्थ्यमन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाका अञ्जु बस्नेतले जारी गरेको सूचनामा उल्लेख...

शिक्षकलाई काेराेनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न आग्रह

काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप शिक्षकलाई पनि लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ ।  सरकारको नीतिअनुसार प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने शिक्षक/कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोधपत्रसमेत पठाएको छ । पत्रमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न भनिएको छ । ...

प्रहरीलाई भाग लागेन कोरोना खोप

जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन ।  सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई खोप लगाउने सम्बन्धमा भने योजना बनाइएको छैन । सरकारले चासो नदिएपछि जोखिम मोलेर ड्युटीमा खटिने प्रहरीमा निराशा छाएक

ओखलढुंगामा पनि ‘कोभिडशिल्ड’ खोप लगाउने तयारी

ओखलढुंगा । ओखलढुंगामा कोरोना भाईरस विरुद्धको ‘कोभिडशिल्ड’ खोप लगाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा जिल्लामा अग्रभागमा खटिने करिब १३ सय बढी कर्मचारीलाई ‘कोभिडशिल्ड’ खोप गाउने तयारी गरिएको हो । केहि समय अघिमात्रै भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप माघ १५ गतेबाट लगाउन सुरु गरिने जिल्ला स्वस्थ्य प्रमुख सुमन तिवारीले जानरकारी दिए । जिल्लाका दुई अस्पतालबाट शिविर सञ्चालन गरेर पहिलो चरणको खोप लगाउने तयारी गरिएको छ ।आगामी माघ १५ गते बिहिबारब

लुम्बिनीमा ३९ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

लुम्बिनी प्रदेशमा अग्रपंक्तिमा खटिने ३९ हजार ४ सय ९५ जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाउने तयारी गरिएको छ