काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा सहमति संस्था विजयचोक गैंडाकोट नवलवरासीमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
त्यस्तै सभाले यस वित्तीय संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तहरू गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।