काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैशाख १८ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । होटल स्टार चितवन, टाँडीमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
सञ्चालक मनोनयन र निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनेको विषय पनि सभाका लागि प्रस्ताव गरिएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस