बेलायतका लागि नवनियुक्त राजदूत आचार्यद्वारा पदबहाली

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले २२ औँ राजदूतको रूपमा बुधबार दिउँसो लन्डनस्थित नेपाली दूतावासमा आफ्नो पदबहाली गरेका छन् । आचार्य आज बिहान मात्र कतार एयरको उडानमार्फत लन्डन आएका हुन् ।राजदूत आचार्यले आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरूसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ

सम्बन्धित सामग्री

नयाँ चिनियाँ राजदूत काठमाडौंमा

नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङ आइतबार आफ्नो जिम्मेवारी समाल्न काठमाडौं आइपुगेका छन्।...

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

चीनका लागी नवनियुक्त राजदूत श्रेष्ठसँग नेपाल-चीन उद्योग वाणिज्य संघको भेट

काठमाडौँ – मित्र राष्ट्र चीनका लागी नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठ र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीच विद्यमान आर्थिक तथा व्यापार सम्बन्ध तथा क्रियाकलापहरूको विषयमा छलफल भएको छ । छलफलमा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले विश्वव्यापी रुपमा देखा परेको कोभिडका कारण थला परेको दुई देशबीच आर्थिक, व्यापार […]

भारतका नवनियुक्त राजदूत श्रीवास्तव आइपुगे नेपाल, चीनबारे राख्छन् विशेष दखल

काठमाडौं : नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव नेपाल आएका छन्। शनिबार श्रीवास्तव नेपाल आइपुगेको भारतीय दूतावासले जनाएको छ। भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका उपसचिव श्रीवास्तवलाई एक महिनाअघि नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको भोलिपल्ट भारतले रिक्त रहेको राजदूतमा श्रीवास्तवलाई…

जलविद्युत र पर्यटनमा आकर्षित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले पर्यटक आकर्षण गर्न र लगानी मार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत शंकर शर्मासँग आग्रह गरेको छ । मंगलबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भारतका लागि नवनियुक्त राजदूत शर्मासँग भेटवार्तामा गरी यस्तो आग्रह गरेको हो ।  सो अवसरमा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको छ । अध्यक्ष मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भ

निक्कीद्वारा नवनियुक्त राजदूत डा. शर्मालाई स्वागत

काठमाडौं (अस) । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. शंकर शर्मालाई आइतवार स्वागत गरेको छ । संस्थाको सचिवालयमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष सृजना राणाले राजदूत शर्मालाई स्वागत गरेकी हुन् । कार्यक्रममा संघले नेपाल तथा भारतबीच रहेको बहुआयामिक सम्बन्धको चर्चा गर्नुका साथै वर्तमान द्विपक्षीय आर्थिक सम्बन्धमा रहेका विद्यमान समस्याबारे राजदूत शर्मालाई अवगत गराएको छ । संघका अध्यक्ष राणाले संघले नेपालको समग्र औद्योगिक तथा आर्थिक विकासका लागि पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराएकी थिइन् । साथै नेपालमा औद्योगिक लगानी प्रवर्द्धनमा भारतका लागि नेपाली राजदूत एवं भारतस्थित नेपाली राजदूतावासको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएकी थिइन् । यस्तै नेपालको उद्योग क्षेत्रमा भारतीय लगानी भित्र्याउन पहल गर्न राजदूत शर्मालाई उनले आग्रह गरिन् । कार्यक्रममा संघका महासचिव आरबी रौनियारले नेपाल–भारत व्यापार तथा पारवहनको क्षेत्रमा रहेका समस्याबारे प्रस्तुति दिएका थिए । यस्तै संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा आउन चाहने साना तथा ठूला सबै किसिमका भारतीय लगानीकर्ताका लागि दूतावासले सहजीकरण गर्ने विश्वास ब्यक्त गरे । उक्त अवसरमा नवनियुक्त राजदूत डा. शर्माले दूतावासले नेपालमा भारतीय लगानी प्रवर्द्धनका लागि संघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अमेरिकाका नवनियुक्त राजदूत श्रीधर खत्रीलाई स्वागत

अमेरिकाका लागि नवनियुक्त राजदूत प्रा. श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका आएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न राजदूतावासका कार्यबाहक राजदूत कुमार राज खरेल, महावाणिज्यदूत प्रेम राजा महत लगायत दुतावास परिवार त्यहाँ पुगेको थियो।राजदूत प्रा खत्रीलाई पुष्प गुच्छा र खादा लगाई स्वागत गरिएको छ । प्रा खत्रीले ईनेप्लिजमार्फत अमेरिकाका रहेका नेपालीहरुलाई सन्देश दिएका दिए। उनले ईनेप्लिज संग कुरा गर्दै एमसीसी संसदबाट पारित भएको मा अब अझ अमेरिका र नेपाल बीच सम्बन

नवनियुक्त राजदूत आचार्यबाट शपथ

काठमाडौँ– बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजदूत आचार्यले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् ।

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापासँग पाकिस्तानका नवनियुक्त राजदूत शैयद् हैदर साहले शिष्टाचार भेटवार्ता गरेका छन्