नेपालले एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको यतिका वर्ष भइसक्यो । तर, देशमा एउटा पनि सुविधायुक्त क्रिकेट रंगशाला छैन । नेपालको खेल भनेपछि दर्शकको भेल उर्लिन्छ । तर, टिकट काटेर चिसो भुईंमा बस्न बाध्य छन् । टिकट नपाएकाहरु रुख चढ्नुपर्ने अवस्था छ ।