आगामी चुनाव अघि नै प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ । चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनको चेतावनी समेत दिएको छ । सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गरे । उनले तत्काल खारेज नगरे देश ठूलो सङ्कटमा जाने बताए । सुवेदीले सञ्जालले देशव्यापी रूपमा प्रदेश र समानुपातिक प्रणाली खारेजीका लागि अभियान