काठमाडौं, ६ साउन । प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार सञ्जालले चुनाव अघि नै प्रदेश र समानुपाकि प्रणाली खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गरे । […]