प्युठान- जाल्पा सामुदायिक लघुवीत्त वित्तीय संस्था लिमिटेडले ग्यास पड्किएर निधन भएका परिवारलाई बीमावापतको रकम हस्तान्तरण गरेको छ। कम्पनीको शाखा कार्यालय, बड्डाँडा प्युठानमा आवद्ध सदस्य सरुमारानी गाउँपालिका- ६ निवासी लछीदेवी घर्तीको एलपिजी ग्यास पड्किएर निधन भएपश्चात् परिवारलाई बीमा सुविधावापत २ लाख २८ हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो। उक्त रहम सरुमारानी गाउँपालिका- ६ का अध्यक्ष तिलबहादुर […]