१५ करोड लगानीमा निर्माणाधीन कर्साघाटको पुल

रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कर्साघाटमा निर्माणाधीन पुल । रु १५ करोडको लागतमा निर्माण भइरहेको सो पुलले बुटवल उप–महानगरपालिका वडा नं १५ र सैनामैना नगरपालिकाको वडा

सम्बन्धित सामग्री

राहुघाट जलविद्युत् आयोजना : पाँच वर्षमा ३८ प्रतिशत मात्रै भौतिक प्रगति

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजनामा अहिलेसम्म उक्त भौतिक प्रगति भएको हो । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा २०७३ सालमा स्थापित उक्त कम्पनीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)ले सुरुङ र विद्युत्गृह निर्माण गरिरहेको आयोजनाले बताएको छ । आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भूबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभएको बताए । कुल ६ दशमलव २ किलोमिटर लामो सुरुङमध्ये हालसम्म २ दशमलव २ किलोमिटर मात्र निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्जसाफ्ट र सुरुङको ब्रेक थ्रू भएर ३३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ । सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ । सुरुङ, विद्युत्गृह र ड्याम साइट निर्माणमा अहिले ४५० जना जनशक्ति परिचालन भएको आयोजनाले बताएको छ । विद्युत्गृहबाट दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटरेबल पुल निर्माण भएको छ । यस्तै राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न लुपइन–लुपआउटका चारओटा टावर तयार भएको छ । अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको थियो । अहिले सिभिल ठेकेदारले मात्रै काम गरिरहेकोमा यसै सातादेखि इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले समेत कार्यक्षेत्रमा काम शुरू गरेको रघुगंगा आइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भए पनि सम्झौता भएको दुई वर्षपछि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालित भएको हो । विद्युत्गृहमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समेत समन्वय गरेर पूर्वाधार निर्माणलाई तीव्रता दिने कम्पनीका प्रबन्ध सञ्चालक केसीले बताए । ३६ महिना अवधि रहेको इलेक्ट्रोमेकानिकल ठेक्काको समय अब १ वर्ष मात्रै बाँकी छ । सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको छ । राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्दा रघुगंगा गाउँपालिका–३ पिप्लेको साजा क्षेत्रका अधिकांश घर चर्किएका छन् । हरेक दिन सुरुङभित्र गरिने विष्फोटको कम्पनले घरहरू चर्किने क्रम बढे पनि आयोजनाले उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । घरहरू चर्किएर बस्न नमिल्ने अवस्थामा पुग्दा समेत पुनर्निर्माणका लागि न्यून मात्रामा रकम दिने भएकाले आफूहरू समस्यामा परेको स्थानीय नारायण सुवेदीले बताए । उनका अनुसार अहिले आयोजनाबाट घर चर्किएर भत्कने अवस्थामा पुगेका घरधनीलाई अस्थायी आवास निर्माण गर्न १ लाख ७५ हजार मात्रै रकम दिने गरिएको छ । उक्त रकम अपुग हुने भएकाले स्थानीयवासी चर्किएकै घरमा जोखिमपूर्ण रूपमा बस्ने गरेका छन् । पिप्लेमा मात्रै दर्जनौं घर चर्किएका छन् ।

वार्षिक ८० लाखको खर्चमा फोक्सिङ्टारमा सात वर्षदेखि अस्थायी बेलिब्रिज

पुस ५, खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रू. पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ ।  जिल्लालाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्दै आइएको छ ।  पक्की पुल निर्माण भइरहेको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा यस वर्ष गाईघाट–दिक्तेल सडक आयोजनाको रू. ७८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले अस्थायी बेलिब्रिज जडान गरेर बिहीवारदेखि सञ्चालनमा ल्याएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षा शुरु हुने बित्तिकै झिक्न गरी करीब ५० मिटर लम्बाई भएको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको हो ।  १०० किमी लामो गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, बिराटनगरलगायत शहर जाने दोस्रो छोटो बाटो खुलेको छ । फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज नहुँदा खोटाङ जिल्लाका अधिकांश स्थानीयबासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका छन् ।  फोक्सिङटारमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक रू. ८० लाखको हाराहारीमा राज्य कोषको रकम खर्च हुने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले जानकारी दिए । ‘फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्दा अहिलेसम्म रू. पाँच करोडभन्दा बढी खर्च भइसकेको छ’, उनले भने, ‘निर्माणाधीन पक्की पुलको काम यस वर्ष पनि सम्पन्न हुने अवस्था छैन । अर्को वर्ष पनि पुनः अस्थायी बेलीब्रिज जडान गर्नुपर्ने अवस्था छ ।’ गाईघाट–दिक्तेल सडक कालोपत्रको काम भइरहेको छ । सडक निर्माण भएको २७ वर्षसम्म धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको सडक वर्षायाममा सञ्चालन हुने सकेको छैन । फोक्सिङ्टारमा निर्माणाधीन आर्क डिजाइनको पक्की पुल समयमा निर्माण सम्पन्न हुन नसक्दा सुनकोशीमा पानीको बहाव घटेपछि लगाइने र वर्षायाम शुरु भएपछि झिक्ने अस्थायी बेलिब्रिजले हिउँदमा मात्र दिक्तेल–गाईघाट सिधा यतातयात सञ्चालन हुन्छ । फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गरेपछि तराईका जिल्ला जोड्ने छोटो मार्ग दिक्तेल–गाईघाट सडक करीब ६ महीनामात्र सञ्चालन हुन्छ । जिल्लामा खपत हुने दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री सोही दिक्तेल–गाईघाट सडक भएर भित्र्याउने गरिन्छ । सिधा यातायात बिच्छेद भएपछि घुर्मी–कटारी हुँदै जिल्ला भित्र्याइने सामग्री महङ्गो हुने गरेको छ । गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे रू. ३ देखि ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रू. साँढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमयले जानकारी दिए । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा सात वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो । फोक्सिङटारमा नौँ वर्षअघि मोटरेबल पुलको ठेक्का लागेर निर्माण शुरु गरिएपनि ठेकेदारको चरम लापारबाहीले हालसम्म सम्पन्न भएको छैन । सडक विभागको रू. १९ करोड ६० लाख नौ हजार ९४१ लगानीमा पार्वती–वाईपी जेभीले फोक्सिङ्टारमा १२० मिटर लामो मोटरेबल पुल निर्माणको काम शुरु गरेको थियो । नौ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती–वाईपी जेभीले पुलको काम सन्तोषजनक नगरी अलपत्र पारेको स्थानीय बासिन्दाले बताएका छन् । विसं २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माणको सम्पूर्ण काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तोकिएको समयमा पुल निर्माणको काम नसकिएपछि पटकपटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको ठेकेदार कम्पनीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेपनि काम सम्पन्न गरेको छैन ।  चार वर्षमा सक्नुपर्ने पक्की पुलको काम नौँ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको पाइएको छ । जमिनको अप्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्म पुल सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि रामकुमार थापाले दाबी गरेका छन् । रासस

तीनमुखे पुल निर्माणमा ढिलाइ

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुंगे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन । रुरु क्षेत्रको रिडीमा तीन जिल्ला जोड्ने पुल निर्माणले पर्यटक आकर्षित गर्ने सरकारको योजना थियो । पाल्पाको तानसेन नगरपालिका–१४, गुल्मीको रुरु गाउँपालिका–१ र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ जोड्ने झोलुंगे निर्माण भए सो क्षेत्रको आउजाउ सहज हुने थियो ।      नयाँ बाटो रुविनामना जेबी निर्माण कम्पनीले ०७१ मा पुल निर्माणसम्बन्धी सम्झौता गरेको थियो । सम्झौताअनुसार ०७४ असार ९ गते पुल निर्माण पूरा हुनुपर्ने हो । कम्पनीले ९ करोड ८८ लाख २६ हजार ३०० रुपैयाँ लगानीमा काम थालेको थियो ।  पुल निर्माण थालिएको सात वर्षको अवधिमा पाल्पातर्फको लठ्ठा र हिँड्ने पाता जोड्ने काम सम्पन्न हुन लागेको छ । रासस

लमजुङमा ८९ ओटा योजनाको निर्माण कार्य धमाधम हुँदै

जेठ १४, लमजुङ । लमजुङ जिल्लामा प्रदेश सरकारको लगानीका ८९ ओटा विभिन्न योजना निर्माणाधीन अवस्थामा छन् । निषेधाज्ञा र कोरोना संक्रमणबीच समेत यी योजनाको काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जानकारी दिएको छ ।  कार्यालयका प्रमुख इञ्जीनियर सुमन गिरीका अनुसार जिल्लामा निषेधाज्ञाको अवधिमा समेत विकास निर्माणका काम तीव्रताका साथ अघि बढिरहेको छ । साना योजनाका लागि आवश्यक पर्ने केही निर्माण सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले आंशिक साना–साना केही योजना प्रभावित भए पनि ठूलाठूला योजनाको काम धमाधम भइरहेको उनको भनाइ छ । कार्यालयका अनुसार प्रदेश सरकारको लगानीमा यस कार्यालयमार्फत करीब १०० योजनामध्ये ८९ ओटा योजनामा काम भइरहेको छ ।  ठूला योजना निर्माण क्षेत्रमै कामदार राखेर र आवश्यक निर्माण सामग्रीसमेत पर्याप्त रहेकाले यी योजनामा काम गर्न कुनै समस्या नभएको पूर्वधार विकास कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर सोहीअनुसार बहुवर्षे योजनाको काम तीव्रगतिमा काम भइरहेको कार्यालय प्रमुख इञ्जीनियर गिरीले बताए । ती योजनामध्ये एक निर्वाचन क्षेत्र सकडअन्तर्गत दुईओटा सडकको काम भइरहेको छ । प्रादेशिक सडक ‘क’ अन्तर्गत दुईओटा सडकको काम भइरहेको छ । प्रादेशिक सडक ‘ख’ अन्तर्गत आठओटा सडक, स्थानीय तह जोड्ने दुईओटा सडक धमाधम निर्माण भइरहेको छ । त्यस्तै ११ ओटा झोलुंगे पुल निर्माणाधीन रहेको उक्त कार्यालयले जानकारी दिएको छ ।  कार्यालयका अनुसार १० ओटा सडक पुल, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ‘क’ मा २५ र ‘ख’ मा २२ ओटा योजनाको काम भइरहेको छ । त्यस्तै ११ ओटा भवन निर्माण भइरहेको छ । कार्यालय प्रमुख गिरीले भने, ‘कार्यालयबाट केही बहुवर्षे, कुनै केही वर्षमा र कुनै एक वर्षमै सकिने योजना छन् । यीमध्ये केही योजना निर्माण कम्पनीमार्फत र केही उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।’ उनका अनुसार यस चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकसम्म कार्यालयको वित्तीय प्रगति ४७ प्रतिशत भएको छ ।  त्यस्तै रू. ८४ करोड ७८ लाख ९६ हजार विनियोजित बजेटमा रू. ४० करोड एक लाख एक हजार खर्च भएको उक्त कार्यालयले जानकारी दिएको छ । पूँजीगत बजेटको ४७ प्रतिशत वित्तीय प्रगति भएको छ भने चालूतर्फ ३५ प्रतिशत प्रगति बताइएको छ ।  त्यस्तै पूँजीगततर्फ रू. ८३ करोड २६ लाख ७९ हजार बजेट विनियोजन भएकामा रु ३९ करोड ४८ लाख २५ हजार बजेट खर्च भएको छ । चालुतर्फ रु एक करोड ५२ लाख १७ हजार बजेट विनियोजन भएकामा रू. ५३ लाख तीन हजार बजेट खर्च भएको कार्यालय प्रमुख गिरीको भनाइ छ । कार्यालय प्रमुख गिरीले भने, ‘विकास निर्माणका कार्य धमाधम भइरहेको छ । सरकारले सामग्री ढुवानी गर्ने वातावरण बनाएमा निर्माण रोकिने छैन ।’ तर, निर्माण सामग्री ढुवानीमा समस्या भने केही समयपछि प्रभावित हुनसक्नेसमेत उनको भनाइ छ । रासस

दुर्गमलाई सुगमसँग जोड्दै झापामा झोलुङ्गे पुल

थोरै लगानीमा चाँडो सहज रुपमा निर्माण गर्न सकिने भएपछि झापामा झोलुङ्गे पुलको आर्कषण बढ्दै गएको छ । पछिल्लो समय दुर्गम क्षेत्रलाई सुगम बनाउन प्रभावकारी बन्दै छन्, झोलुङ्गे पुल । हालसम्म जिल्लाका विभिन्न नदीमा गरी कुल २५ वटा पुल निर्माण सम्पन्न भएका छन् । सो सँगै १२ वटा निर्माणाधीन अवस्थामा रहेका गरी जम्मा ३७ वटा पुल निर्माण प्रकृयामा रहेका छन् । जिल्लामा संघीय सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत ३० वटा पुल निर्माण भएका छन् । त्यस्तै प्रदेश सरकारमार्फत् ७ वटा पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल निर्माण गर्दै आएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार श्रेष्ठका अनुसार जिल्लामा २५ वटा पुल निर्माण सम्पन्न भएका छन् । यो आर्थिक वर्षभित्रमा नै बाँकी पुलको निर्माण कार्यसमेत सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनियर श्रेष्ठले बताउनुभयो । जिल्लामा ३७ वटा पुलको कुल १९ करोड ८७ लाख रुपैयाँ बजेट लागत रहेको जनाइएको छ ।