लमजुङमा ८९ ओटा योजनाको निर्माण कार्य धमाधम हुँदै

जेठ १४, लमजुङ । लमजुङ जिल्लामा प्रदेश सरकारको लगानीका ८९ ओटा विभिन्न योजना निर्माणाधीन अवस्थामा छन् । निषेधाज्ञा र कोरोना संक्रमणबीच समेत यी योजनाको काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जानकारी दिएको छ ।  कार्यालयका प्रमुख इञ्जीनियर सुमन गिरीका अनुसार जिल्लामा निषेधाज्ञाको अवधिमा समेत विकास निर्माणका काम तीव्रताका साथ अघि बढिरहेको छ । साना योजनाका लागि आवश्यक पर्ने केही निर्माण सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले आंशिक साना–साना केही योजना प्रभावित भए पनि ठूलाठूला योजनाको काम धमाधम भइरहेको उनको भनाइ छ । कार्यालयका अनुसार प्रदेश सरकारको लगानीमा यस कार्यालयमार्फत करीब १०० योजनामध्ये ८९ ओटा योजनामा काम भइरहेको छ ।  ठूला योजना निर्माण क्षेत्रमै कामदार राखेर र आवश्यक निर्माण सामग्रीसमेत पर्याप्त रहेकाले यी योजनामा काम गर्न कुनै समस्या नभएको पूर्वधार विकास कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर सोहीअनुसार बहुवर्षे योजनाको काम तीव्रगतिमा काम भइरहेको कार्यालय प्रमुख इञ्जीनियर गिरीले बताए । ती योजनामध्ये एक निर्वाचन क्षेत्र सकडअन्तर्गत दुईओटा सडकको काम भइरहेको छ । प्रादेशिक सडक ‘क’ अन्तर्गत दुईओटा सडकको काम भइरहेको छ । प्रादेशिक सडक ‘ख’ अन्तर्गत आठओटा सडक, स्थानीय तह जोड्ने दुईओटा सडक धमाधम निर्माण भइरहेको छ । त्यस्तै ११ ओटा झोलुंगे पुल निर्माणाधीन रहेको उक्त कार्यालयले जानकारी दिएको छ ।  कार्यालयका अनुसार १० ओटा सडक पुल, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ‘क’ मा २५ र ‘ख’ मा २२ ओटा योजनाको काम भइरहेको छ । त्यस्तै ११ ओटा भवन निर्माण भइरहेको छ । कार्यालय प्रमुख गिरीले भने, ‘कार्यालयबाट केही बहुवर्षे, कुनै केही वर्षमा र कुनै एक वर्षमै सकिने योजना छन् । यीमध्ये केही योजना निर्माण कम्पनीमार्फत र केही उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।’ उनका अनुसार यस चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकसम्म कार्यालयको वित्तीय प्रगति ४७ प्रतिशत भएको छ ।  त्यस्तै रू. ८४ करोड ७८ लाख ९६ हजार विनियोजित बजेटमा रू. ४० करोड एक लाख एक हजार खर्च भएको उक्त कार्यालयले जानकारी दिएको छ । पूँजीगत बजेटको ४७ प्रतिशत वित्तीय प्रगति भएको छ भने चालूतर्फ ३५ प्रतिशत प्रगति बताइएको छ ।  त्यस्तै पूँजीगततर्फ रू. ८३ करोड २६ लाख ७९ हजार बजेट विनियोजन भएकामा रु ३९ करोड ४८ लाख २५ हजार बजेट खर्च भएको छ । चालुतर्फ रु एक करोड ५२ लाख १७ हजार बजेट विनियोजन भएकामा रू. ५३ लाख तीन हजार बजेट खर्च भएको कार्यालय प्रमुख गिरीको भनाइ छ । कार्यालय प्रमुख गिरीले भने, ‘विकास निर्माणका कार्य धमाधम भइरहेको छ । सरकारले सामग्री ढुवानी गर्ने वातावरण बनाएमा निर्माण रोकिने छैन ।’ तर, निर्माण सामग्री ढुवानीमा समस्या भने केही समयपछि प्रभावित हुनसक्नेसमेत उनको भनाइ छ । रासस

सम्बन्धित सामग्री

अबरुद्ध नागढुंगा सुरुङको निर्माण कार्य पुनः सुचारु

काठमाडौँ – जग्गाको स्वामित्व र मुआब्जा समस्याले अबरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य मंगलबारदेखि पुनः सुचारु भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अबरुद्ध सुरुङ मार्गको काम पुनः सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य […]

२७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न

हुम्ला – नेपाली सेनाले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा २७ दिनमा नयाँ हेलिप्याड निर्माण कार्य सम्पन्न गरेको छ। सेनाले जनहितको कार्यअन्तर्गत शीघ्र प्रभाव आयोजनाद्धारा सो हेलिप्याड निर्माण कार्य पूरा गरेर सञ्चालनमा समेत ल्याएको छ। बराह दल गुल्म रानीवनका गुल्मपति दिनेश खड्काका अनुसार सेनाद्धारा निर्माण गरिएको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा निर्माण गरेको नयाँ हेलिप्याट […]

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।...

मध्यतमोर जलविद्युतको सुरुङ निर्माण कार्य पूरा

७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङमार्ग  निर्माण कार्य पूरा भएको छ। आयोजनाको ड्याम रहने मित्लुङ र पावर हाउस रहने थुम्बाबेसीसम्मको करिव तीन हजार ४ सय मिटर सुरुङमार्ग निर्माण कार्य...

कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएन

पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएको छैन् । भारतबाट नेपाल हुँदै चीन जोड्ने अत्यन्त कम दूरीको यो सडक धार्मिक, सांस्कृतिक र व्यापारीक दृष्टिकोणबाट महत्व राख्ने भएपनि सरकारले प्राथमिकतामा राख्न नसक्दा निर्माण कार्य पूरा हुन नसकेको हो । नेपाल सरकारले आर्थिक वर्ष ०६५/०६६ मा तीन वर्षमा सकिने गरी प्रस्ताव गरेको […]

पोखरा विमानस्थलको ८४% निर्माण कार्य सम्पन्न

राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सम्पन्न भएको छ ।करिब २२ अर्बको परियोजना पोखरा विमानस्थल निर्माणको हालसम्म करिब ८४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए ।गत वर्ष पहिलो लहरको कोरोना र यस चालू आर्थिक वर्षमा पनि दोस्रो लहरको कोरोनाका कारण कामदार […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।...

काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको निर्माण कार्य पूरा

बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।सो बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल

क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सूचारु गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ।...

आयोजना कर्मचारीको मृत्यु भएपछि सुपरदोर्दी ख को निर्माण कार्य बन्द

लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ख आयोजनाको निर्माण कार्य बन्द भएको छ । बिहीबार  जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले शुक्रबार एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द...