काठमाडौं।गाम्बियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ। गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको १७० औं मुलुक हो।संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि ल्याङ याबोउले कूटनीतिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरेका छन्। पश्चिम अफ्रिकी देश गाम्बियाको क्षेत्रफल ११ हजार वर्गकिलोमिटर छ। दुवै देशका प्रतिनिधिले राष्ट्रसंघलाई कूटनीतिक सम्बन्ध स्थापनाको संयुक्त पत्रमार्फत जानकारी गराएका छन्।