११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत भएका छन् । द्विपक्षीय सम्बन्ध वर्षाैँदेखि अलपत्र परेकोमा हिजो बुधवार एक संयुक्त विज्ञप्तिमा निकालेर दुवै देशले कन्सुलर सेवा र उडानहरू सुरु गर्न सहमति जनाएका हुन् ।
सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएयता पहिलो पटक सिरियाली विदेशमन्त्री फैसल मेकदादले हिजो साउदी अरबको भ्रमण गरेपछि यो घोषणा आएको हो । सिरियाली विदेश मन्त्रालयका अनुसार दुवै देशमा कन्सुलर सेवा स्थापना गर्ने, दुईतर्फी उडान सुरु गर्ने र आतङ्कवाद विरोधी प्रयासहरू बढाउन ...