पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट साबित हुँदै गएको छ। भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो। टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको सङ्ख्या २८ हजार १०८ युनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।