टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसअघि हुन्डाईले टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो । सन् २०२१ को डिसेम्बर सम्मको तथ्यांकअनुसार हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ । त्यस्तै, कम्पनीले अक्टोबरदेखि डिसेम्बर बीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गरेको छ । सन् २०२१ को सुरुआतदेखि अन्तिमसम