चैतसम्म २० हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त हुँदै, कुन जिल्लामा कति ? (सूचीसहित)
लामो समयदेखि शिक्षक सेवा आयोग पदाधिकारीविहिन हुँदा स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्न सकेको थिएन । आन्तरिक प्रतिस्पर्धा तथा बढुवा हुन नसक्दा एकैपटक ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त भएको हो ।
काठमाडौं, १७ फागुन । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको […]
सुर्खेत, माघ २६ । कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् । शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन् । एकाइ प्रमुखहरूका अनुसार धेरैजसो प्राथमिक तहका शिक्षक अपुग […]
३ माघ, डोटी । शिक्षक सेवा आयोगले २०७८ पुस १४ गते प्राथमिक तहमा दार्चुला जिल्लामा मधेशी कोटामा १३ शिक्षक माग गरेको थियो । २०७९ असार १३ गते लिइएको दोस्रो चरणको लिखित परीक्षामा यो कोटामा आवेदन दिएका एक जना पनि उत्तीर्ण हुन सकेनन् । हाललाई ती १३ वटै शिक्षक दरबन्दी रिक्त हुने देखिएको छ । आयोगले […]
कुनै पनि राष्ट्रको भविष्य त्यहाँको शिक्षासँग जोडिएको हुन्छ । गुणस्तरीय र व्यावहारिक शिक्षाले कर्मशील नागरिक निर्माण गर्नुका साथै नागरिकको चरित्र निर्माणसमेत गर्छ । तर नेपालको शिक्षा क्षेत्र लामो समयदेखि चाहे जसरी प्रभावकारी र गुणस्तरीय हुन सकेको छैन । शिक्षा प्रभावकारी बनाउनका लागि शैक्षिक संस्थाका आधारभूत पक्षमा ध्यान पु¥याउनुपर्ने हुन्छ । शिक्षाको आधारस्तम्भ मानिएको विद्यालय शिक्षामा नै राज्यको ध्यान जान सकेको छैन । झण्डै पाँच वर्षदेखि सरकारी विद्यालयमा स्थायी शिक्षकका लागि विज्ञापन खुल्न सकेको थिएन । वि.सं. २०७४ पछि स्थायी शिक्षकको पदपूर्ति नहुँदा देशभरका विद्यालयले शिक्षक अभावको समस्या भोगिरहेका छन् । यो अवस्थामा शिक्षक सेवा आयोगले शिक्षकको स्थायी पदपूर्तिका लागि चाँडै विज्ञापन खुलाउने जानकारी प्रकाशमा आएपछि शैक्षिक क्षेत्रमा नयाँ उत्साह छाएको छ ।
शिक्षक सेवा आयोगका अनुसार देशभरका सामुदायिक (सरकारी) विद्यालयहरूमा १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया चाँडै थालिने छ । त्यसका लागि देशभरका विद्यालयमा रिक्त रहेका शिक्षक दरबन्दी सङ्ख्या सङ्कलन भइरहेको छ । दरबन्दीको सङ्ख्या यकिन भएपछि आयोगले विज्ञापन गर्नेछ र त्यो सङ्ख्या १७ हजारभन्दा कम नहुने आकलन गरिएको छ । सातै प्रदेशबाट सङ्कलन भएको रिक्त शिक्षकको दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई प्राप्त हुनेछ । केन्द्रले दरबन्दी यकिन गरेपछि आयोगलाई पदपूर्तिका लागि विज्ञापन गर्न सहज हुनेछ । प्राप्त प्रारम्भिक अनुमानअनुसार प्राथमिक तहमा मात्र अहिले १२ हजारभन्दा बढी दरबन्दी रिक्त रहेका छन् । यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार शिक्षकको पदपूर्ति गर्नुपर्ने हुँदा कुलमा १७ हजार भनिएको हो ।
यो पटकको शिक्षक पदपूर्ति भने पुरानै संरचनाअनुसार हुने भएको छ । विद्यालय तहलाई आधारभूत र माध्यमिक तह भनेर परिभाषित गरिए पनि शिक्षकको नयाँ पदपूर्ति भने पुरानै संरचना प्रावि, निमावि र माविअनुसार नै हुनेछ । प्रावि तहको
नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले शिक्षा मन्त्रालयको समन्वयमा शिक्षा सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्नुपर्ने बताएका हुन् । शिक्षककाे दरबन्दी रिक्त हुँदा विषय शिक्षकबाट शिक्षा पाउने विद्यार्थीको हक कुण्ठित भएको उनको भनाइ छ । उनले भने, ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षक दरबन्दी रिक्त भएको
देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविको रिक्त राहत दरबन्दीमा १६ महिनापछि शिक्षक नियुक्तिको प्रकृया थालिएको छ। लामो समयदेखि रिक्त रहेको प्रावि तहको दुई वटा र निमावि तहको एक वटा राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालनको तयारी गरिएको अन्नपूर्ण माविका प्रअ रेखादेबी बस्नेत राउतले बताइन्।