तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न नैनसिंह महरको माग

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न आग्रह गरेका छन् ।  नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले शिक्षा मन्त्रालयको समन्वयमा शिक्षा सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्नुपर्ने बताएका हुन् । शिक्षककाे दरबन्दी रिक्त हुँदा विषय शिक्षकबाट शिक्षा पाउने विद्यार्थीको हक कुण्ठित भएको उनको भनाइ छ । उनले भने, ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षक दरबन्दी रिक्त भएको