शिक्षक पदपूर्तिको उत्साह (सम्पादकीय)

कुनै पनि राष्ट्रको भविष्य त्यहाँको शिक्षासँग जोडिएको हुन्छ । गुणस्तरीय र व्यावहारिक शिक्षाले कर्मशील नागरिक निर्माण गर्नुका साथै नागरिकको चरित्र निर्माणसमेत गर्छ । तर नेपालको शिक्षा क्षेत्र लामो समयदेखि चाहे जसरी प्रभावकारी र गुणस्तरीय हुन सकेको छैन । शिक्षा प्रभावकारी बनाउनका लागि शैक्षिक संस्थाका आधारभूत पक्षमा ध्यान पु¥याउनुपर्ने हुन्छ । शिक्षाको आधारस्तम्भ मानिएको विद्यालय शिक्षामा नै राज्यको ध्यान जान सकेको छैन । झण्डै पाँच वर्षदेखि सरकारी विद्यालयमा स्थायी शिक्षकका लागि विज्ञापन खुल्न सकेको थिएन । वि.सं. २०७४ पछि स्थायी शिक्षकको पदपूर्ति नहुँदा देशभरका विद्यालयले शिक्षक अभावको समस्या भोगिरहेका छन् । यो अवस्थामा शिक्षक सेवा आयोगले शिक्षकको स्थायी पदपूर्तिका लागि चाँडै विज्ञापन खुलाउने जानकारी प्रकाशमा आएपछि शैक्षिक क्षेत्रमा नयाँ उत्साह छाएको छ । शिक्षक सेवा आयोगका अनुसार देशभरका सामुदायिक (सरकारी) विद्यालयहरूमा १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया चाँडै थालिने छ । त्यसका लागि देशभरका विद्यालयमा रिक्त रहेका शिक्षक दरबन्दी सङ्ख्या सङ्कलन भइरहेको छ । दरबन्दीको सङ्ख्या यकिन भएपछि आयोगले विज्ञापन गर्नेछ र त्यो सङ्ख्या १७ हजारभन्दा कम नहुने आकलन गरिएको छ । सातै प्रदेशबाट सङ्कलन भएको रिक्त शिक्षकको दरबन्दी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई प्राप्त हुनेछ । केन्द्रले दरबन्दी यकिन गरेपछि आयोगलाई पदपूर्तिका लागि विज्ञापन गर्न सहज हुनेछ । प्राप्त प्रारम्भिक अनुमानअनुसार प्राथमिक तहमा मात्र अहिले १२ हजारभन्दा बढी दरबन्दी रिक्त रहेका छन् । यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार शिक्षकको पदपूर्ति गर्नुपर्ने हुँदा कुलमा १७ हजार भनिएको हो । यो पटकको शिक्षक पदपूर्ति भने पुरानै संरचनाअनुसार हुने भएको छ । विद्यालय तहलाई आधारभूत र माध्यमिक तह भनेर परिभाषित गरिए पनि शिक्षकको नयाँ पदपूर्ति भने पुरानै संरचना प्रावि, निमावि र माविअनुसार नै हुनेछ । प्रावि तहको

सम्बन्धित सामग्री

प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीको गहिरो रुचि : बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरूको गहिरो रूचि पाइएको बताएका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो बताएका हुन्।उनले सामाजिक सञ्जालमा भनेका छन,‘सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखिएको छ,सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरूमा विष

टानलाई पार्टीका भातृ संगठन मात्र बनाइरहने कि सुस्ताएको पर्यटनमा उत्साह भर्ने ?

नेपालको कुनै पनि निकाय राजनीतिकरणबाट पर रहन रकेको छैन । शिक्षक, विद्यार्थी, प्राध्यापक, वकिल, श्रमिकदेखि व्यवसायी र व्यापारीहरुका संगठनहरु समेत राजनीतिक दलका भातृसंस्थामाा परिणत हुँदा व्यावसायिक विषयमा चुकिरहेका छन् । लोकतान्त्रिक शासन पद्धति भएको मुलुकमा कुनै पनि निकायको निर्वाचन हुनु र त्यहाँ प्रतिस्पर्धा हुनु सामान्य कुरा हो, तर नेपालमा हरेक व्यावसायिक संगठनको निर्वाचन दलीय आधारमा …

स्थानीय तहमा मातृभाषा : कतै उत्साह, कतै सकस

२९ फागुन, काठमाडौ । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूमा शैक्षिक सत्र २०७७ बाट नेपाल भाषाको पाठ्यक्रम लागू भएको छ । रैथाने भाषा जोगाउन महानगरले सबै विद्यालयमा मातृभाषाको रुपमा नेपाल (नेवारी) भाषा पढाउँदै आएको छ । मातृभाषाकै ज्ञान दिने गरी तयार गरिएको पाठ्यक्रमले उत्साहित गरेको विद्यार्थी तथा अभिभावकले बताउँदै आएका छन् । संस्थागत विद्यालयमा भने शिक्षक अभावमा केही […]

शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह

चितवन । मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् । दुई ठुला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठुला निजी अस्पताल रहेको […]

शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह बढ्यो

मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन्। शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन्।

वृत्ति विकासले शिक्षकमा उत्साह (सम्पादकीय)

सामुदायिक विद्यालयका शिक्षकको बारम्बार एउटै गुनासो थियो– बढुवाको । वर्षौं आफ्नो सेवा व्यतीत गरे पनि माथिल्लो तहमा बढुवा हुन नपाउँदा जो कसैमा पनि नैराश्यता सिर्जना हुनु स्वाभाविक नै हो । यस सन्दर्भमा सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक अपवाद हुन सक्दैनन् । सधँै एकै किसिमको सेवामा कार्यरत रहँदा मानिसमा काम गर्ने जोश, जाँगरमा ह्रास आउनु नौलो विषय पनि होइन । त्यसैले पनि यो नैराश्यता हटाउन एवं उत्साह सिर्जना गर्न पनि बढुवा प्रक्रियाको प्रचलन सुरु गरिएको मान्न सकिन्छ । सेवामा उत्प्रेरणाका सिद्धान्त आफैँमा महìवपूर्ण पक्ष हो ।

जनकल्याण माविले दियो शिक्षकहरूलाई निःशुल्क ल्यापटप

काठमाडौँ। जनकल्याण मावि बौद्धले शिक्षकहरूलाई निःशुल्क ल्यापटप वितरण गरेको छ। प्रविधिमैत्री शिक्षणलाई जोड दिइरहेको विद्यालयले पछिल्लो समय ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। सो कार्यक्रममार्फत ८० प्रतिशत शिक्षकलाई विद्यालयले निःशुल्क ल्यापटप वितरण गरिसकेको र बाँकीलाई छिट्टै वितरण गरिने प्रअ कुमारी कमला राईले बताइन्। ल्यापटप वितरणले शिक्षकहरूमा उत्साह थपेको र भर्चुअल सिकाइ प्रभावकारी बनेको शिक्षक बविराम खनालले बताए।

‘उत्साह र आशा थियो, निराशामा परिणत भयो’

जहाँ प्रणालीगत रूपमा विकास भएको हुन्छ, त्यहाँ अलिकति सुधार गर्न चाहँदा सम्भव हुने देखिन्छ । लोकसेवा आयोगको संलग्नता शुरू भएका राज्यको अन्य निकायको परीक्षा प्रणालीमा संस्थागत सुधार भएका लक्षणहरू देखिन थालेका छन् । शिक्षक सेवा आयोग, चिकित्सा शिक्षा आयोग लगायतका निकायमा लोकसेवा आयोगको उपस्थितिले गर्दा विषयान्तर हुने ठाउँहरू साँघुरिएको छ, यो राम्रो भयो । संवैधानिक […]

तातो पानी खान्छु म

तातो पानी खान्छु म घरमै बस्छु पढ्छु म साइनो लेख्छु रमाउँछु । साना हामी बालक पढ्ने लेख्ने रहर छ असल बालक बन्नु छ । मित्र उत्साह थप्छन् शिक्षक चेतना थप्छन् बाआमा जिम्मेवारी थप्छन् ।

क्यान्सर मेरो शिक्षक

पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन । उदास फिक्का खैरो रंग जस्तो । म आफ्नो फिल्मी करिअरसँग विरक्त भइसकेकी थिएँ । आफ्ना सफलता, चमकधमक र पैसाले पनि मनको उत्साह बढाउन नसक्ने अवस्था थियो मेरो । निजी जीवनमा पनि केही…