काठमाडाैँ- सत्तारूढ नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल)को दोस्रो राष्ट्रिय भेला आज शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ। भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहने छन्।