नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर तोक्दै अमेरिकी डलरको मूल्य बढेको बताएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मूल्य ११८.२८ र खरिद मूल्य ११७.६८ रुपैयाँ तोकेको छ । यसअघि, हिजो एक अमेरिकी डलरको बिक्री मूल्य ११७.८७ रुपैयाँ थियो ।यस्तै, आज एक यूरोको बिक्री दर १३८.५१ र खरिद दर १३७.८१ तथा पाउण्डको बिक्री मूल्य १६१.९३ रुपैयाँ कायम हुँदा खरिद दर १६१.१० डलर तोकिएको छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्री दर ८५.६२ र खरिद दर ८५.१८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी