गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् ।