महालेखापरीक्षकको दौडमा १६ उम्मेदवार

काठमाडौं। महालेखापरीक्षक दौडधुप चलिरहेको छ । ८ महीनादेखि कार्यवाहकको भरमा चल्दै आएको महालेखापरीक्षक कार्यालयको नेतृत्वमा पुग्दा १६ जनाले दौडधुप गरिरहेका छन् । तर, कहिले, को महालेखापरीक्षक नियुक्त हुने हो अझै टुंगो लागेको छैन ।  तत्कालीन महालेखापरीक्षक टंकमणि शर्मा दंगाल गत जेठ ८ गते सेवा अवधि पूरा गरेर अवकाशमा गएसँगै महालेखापरीक्षक पद रिक्त छ । शर्माले अवकाश लिएलगत्तै तत्कालीन उपमहालेखापरीक्षक राममाया कुँवरले जेठ ८ देखि साउन २२ गतेसम्म कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी पाएकी थिइन् ।  साउन २२ गते कुँवर अनिवार्य अवकाशमा गएपछि महेश्वर काफ्लेले उक्त जिम्मेवारी पाए । त्यसपछि करीब ६ महीना कार्यवाहकको भूमिकामा रहेका काफ्ले उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि वामदेव शर्माले कार्यवाहकको जिम्मेवारी पाएका छन् । नेतृत्व नहुँदा रणनीतिक योजनाका साथ महालेखापरीक्षक कार्यालय अघि बढ्न सकेको छैन । नेपालको संविधान २०७२ को धारा २४० को उपधारा ६ मा महालेखापरीक्षकको नियुक्तिका लागि योग्य हुने आधारसम्बन्धी व्यवस्था छ । उक्त धारामा महालेखापरीक्षकमा नियुक्ति पाउन मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखापरीक्षणसम्बन्धी काममा कम्तीमा २० वर्ष अनुभवप्राप्त गरेको हुनुपर्ने भनिएको छ ।  नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, ४५ वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको व्यक्ति महालेखापरीक्षकका लागि योग्य मानिने व्यवस्था रहे पनि अहिलेसम्म उक्त पदमा राजनीतिक पहुँचकै आधारमा नियुक्ति हुँदै आएको छ । महालेखापरीक्षकका लागि आवेदन दिन २०८० साउन २० गते १५ दिने सूचना जारी गरिएको थियो । त्यसमा १६ जनाको आवेदन परेको छ । संवैधानिक परिषद्ले भदौ ४ गतेसम्म दाबेदारले पेश गरेका योग्यता प्रमाणित गर्ने कागजातअनुसार मूल्यांकन गरी उपयुक्त व्यक्तिलाई नियुक्तिका लागि सिफारिश गर्नुपर्नेमा उक्त काम अहिलेसम्म भएको छैन । कसको योग्यता कति ? अहिलेका दावेदारमध्ये १४ जनाले मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् भने बाँकीले चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेका छन् । १६ मध्ये ७ जनासँग लेखापरीक्षणमा २१ देखि ३० वर्षसम्मको अनुभव छ । दुईजनासँग निजीक्षेत्रमा २० वर्षभन्दा बढीको लेखापरीक्षण अनुभव छ । सात जनासँग लेखापरीक्षणको अनुभव छैन ।  १६ मध्ये ११ जनासँग नेपाल सरकारको विशिष्ट श्रेणीमा काम गरेको अनुभव छ । बाँकीसँग यस्तो अनुभव छैन । आवेदन दिनेमध्ये पाँच जनासँग ५ वर्ष, एक जनासँग ४ वर्ष, चार जनासँग ३ वर्ष र एक जनासँग १० दिन विशिष्ट श्रेणीमा रहेर काम गरेको अनुभव छ । तीन जनासँग नेपाल सरकारको सहसचिवमा काम गरेको अनुभव छ । दुई जनासँग विशिष्ट श्रेणीको अनुभव छैन ।  महालेखापरीक्षक कार्यालयको कामको प्रकृतिअनुसार शैक्षिक योग्यताका अतिरिक्त लेखापरीक्षण सेवाको अनुभव र विशिष्ट श्रेणीमा काम गरेको अनुभवका आधारमा छनोट गर्नुपर्ने देखिन्छ ।  अहिलेका दावेदारमध्ये १४ जनाले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् भने बाँकीले चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेका छन् । उक्त कार्यालयले गत भदौ १० मा स्वीकृत गरी सबै लेखाउत्तरदायी अधिकृतहरूलाई पठाएको लेखापरीक्षणसम्बन्धी कार्यतालिका अनुसार माघ मसान्तसम्ममा सबै सरकारी कार्यालयको लेखापरीक्षण सम्पन्न गरी चैत मसान्तमा संघीय सरकारको राष्ट्रपतिसमक्ष, प्रदेश सरकारको प्रदेश प्रमुखसमक्ष र ७५३ स्थानीय तहको सम्बद्ध स्थानीय तहमा वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ ।  कार्यतालिका अनुसार वार्षिक प्रतिवेदन जारी गर्नुभन्दा अगावै संघीय सरकारको आयव्यय विवरणसहित संघीय सञ्चित कोषको हिसाब प्रमाणीकरण गरी रायसहितको प्रतिवेदन जारी गर्दै सबै दातृनिकायलाई वैदेशिक सहायता रकमको प्राप्ति, उपयोग र भौतिक प्रगति सम्बन्धमा वित्तीय विवरण र आयोजनाको हिसाब प्रमाणीकरण गरी रायसहितको लेखापरीक्षण प्रतिवेदन अर्थ मन्त्रालयमार्फत महालेखापरीक्षकको कार्यालयले पठाउनुपर्छ । त्यसबाहेक ७५३ स्थानीय तहको आयव्ययसहित अन्तिम लेखापरीक्षण प्रतिवेदन जारी गर्नुपर्ने, वार्षिक प्रतिवेदन महालेखापरीक्षकले जारी गर्नुपर्ने दबाबका कारण पनि सरकारले तत्काल महालेखापरीक्षक नियुक्ति गर्नुपर्ने जानकार बताउँछन् ।  कस्ता छन दाबेदार ? दाबेदारमध्येका एक हुन् अहिलेका कार्यवाहक वामदेव शर्मा अधिकारी । उनीसँग २६ वर्षको लेखापरीक्षण र ३ वर्ष विशिष्ट श्रेणीमा रहेर काम गरेको अनुभव छ ।  कार्यवाहक महालेखापरीक्षक बनेर केही दिनअघि मात्रै अवकाश पाएका महेश्वर काफ्ले पनि बलिया दाबेदार हुन् । २९ वर्ष लेखापरीक्षकका रूपमा काम गरेका उनीसँग ३ वर्ष विशिष्ट श्रेणीको कार्यानुभव छ । पूर्वकार्यवाहक महालेखापरीक्षक राममाया कुँवर पनि दाबेदार हुन् । उनीसँग २१ वर्ष लेखापरीक्षणको अनुभव छ । पाँच वर्ष विशिष्ट श्रेणीको अनुभव छ । अर्का दाबेदार सचिव तोयम रायासँग २० वर्षको लेखापरीक्षण अनुभव छैन । तर, विशिष्ट श्रेणीको अनुभव ४ वर्षको छ ।  पूर्वउपमहालेखापरिक्षक बाबमुराम गौतम पनि दौडमा छन् । उनीसँग २७ वर्ष लेखापरीक्षणको अनुभव छ भने ५ वर्ष विशिष्ट श्रेणीमा रहेर काम गरेको अनुभव छ ।  पूर्वसचिवहरू शिशिर ढुंगाना, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, रामशरण पुडासैनी, शंकर खरेलसँग २० वर्षको लेखापरीक्षण अनुभव छैन । विशिष्ट श्रेणीको अनुभव ढुंगाना, मैनाली र थपलियासँग ५ वर्षको छ भने बस्याल र पुडासैनीसँग ३ वर्षको छ । पूर्वसचिव खरेलसँग १० दिनको मात्रै विशिष्ट श्रेणीको अनुभव छ । अर्का दाबेदार नायब महालेखापरीक्षकहरू वैकुण्ठ अधिकारीसँग ३० वर्ष र चन्द्रकान्त भण्डारीसँग २६ वर्षको लेखापरीक्षण अनुभव भए पनि दुवैसँगै विशिष्ट श्रेणी अनुभव छैन । पूर्वनायब महालेखापरीक्षक अशोक कार्की पनि दौडमा छन् । उनीसँग २९ वर्ष लेखापरीक्षणको अनुभव छ तर विशिष्ट श्रेणीको अनुभव छैन । महालेखापरीक्षकको दौडमा दुई चार्टर्ड एकाउन्टेन्टहरू पनि छन् । सुबोधकुमार कर्ण र हरि सिलवालसँग निजीक्षेत्रमा २० वर्षभन्दा बढी लेखापरीक्षण गरेको अनुभव मात्रै छ ।

सम्बन्धित सामग्री

रास्वपाले अघि सारेको उम्मेदवार क्लब के हो ?

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटका लागि नयाँ अवधारणा ल्याएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि ‘उम्मेदवार क्लब’ को अवधारणा अघि सारिएको छ । महामन्त्री मुकुल ढकालका अनुसार ‘उम्मेदवार क्लब’ स्थानीय तहका उम्मेदवार केन्द्रीत हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नसक्ने छन् । संघीय […]

अरु उम्मेदवार अवसरका लागि आएका हुन्, म नेचुरल उम्मेदवार हुँ– भट्टराई

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसबाट तनहुँ– १ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका गोविन्द भट्टराईले स्वभाविक र नेचुरल उम्मेदवार आफू भएको दाबी गरेका छन् । मतदान पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अरु उम्मेदवार खाली भएको ठाउँमा अवसरका लागिमात्रै आएको टिप्पणी गरेका हुन् । ‘म यहीबाट राजनीति सुरु गरेको यही जन्मिएको, हुर्किएको, पढेको, […]

नातेदार उम्मेदवार

विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि...

कपिलवस्तुमा उम्मेदवार सासूको मृत्युपछि बुहारी बनिन् उम्मेदवार

कपिलवस्तु । नेपाली काँग्रेसले कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ । काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । सम्बन्धित समाचार : कपिलवस्तुको महाराजगन्जमा काँग्रेसकी उपमेयर उम्मेदवारको निधन, निर्वाचन […]

जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।...

जनप्रतिनिधिहरु फेरि उम्मेदवार

सुर्खेत : जाजरकोटका सात पालिका मध्ये पाँच पालिकाका अध्यक्षहरू पुनः अध्यक्षका उम्मेदवार भएका छन्।केहीले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने मौका पाएका छन्। बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्य (बस्नेत) पुनः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्।आचार्य माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको अध्यक्षमा पुन: उम्मेदवार बनेकी हुन् भने शाह नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन्।जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर

उम्मेदवार छान्न निर्वाचन

सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलाई साझा उम्मेदवार बनाउन जति सकस भइरहेको छ नेकपा एमालेलाई पनि पालिकास्तरमा उम्मेदवार बनोटमा समस्या छ।...

राष्ट्रियसभा उपनिर्वाचनः एमालेको उम्मेदवार को ?

काठमाडाैं।विपक्षी गठबन्धनबारे विश्लेषणपछि मात्र एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा को उम्मेदवार भन्ने तय गर्ने भएको छ।आजको स्थायी कमिटी बैठकमा उपनिर्वाचनको तयारीको सम्बन्धमा छलफल भएपनि उम्मेदवार भने तय गरेको छैन।“अहिले उम्मेदवार को हुने भन्ने टुङ्गो लागेको छैन।यसबारे पछि कुरा हुन्छ”,उनले भने।एमालेले रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेपनि कांग्रेस माओवादी गठबन्धनले डा.खिमलाल देवकोटालाई उठाउने निर्णय गरेपछि एमालेले उम्मेदवारका सम्बन्धमा थप तयारी गरेको हो।