काठमाडौं : नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई समानुपातिक उम्मेदवार बन्न रोक लगाएको छ। नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो।
यो निर्णयसँगै अब कांग्रेसमा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका समानुपातिकमा दुबैतर्फ उम्मेदवार बन्न पाउने छैनन्।…