२३ लाख ४० हजार मात्रा माेडर्ना खाेप नेपाल आइपुग्याे

काठमाण्डाै – (काेभिड १९) कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ ।  कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल आइपुगेकाे स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो । सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेकोमा १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ । आज ल्याइएको २३ लाख ४० हजार मात्रा  खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासिय...