राष्ट्रिय फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई काेराेना खाेप दिइयाे

काठमाण्डाै – कुवेतबाट फर्किएको राष्ट्रिय पुरुष फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बिहीवार (आज) ललितपुरको जनस्वास्थ्य कार्यालयमा खेलाडी अफिसियल लगायत ४२ जनालाई खाेप दिइएकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कुवेतबाट फर्किए पछि खेलाडीलाई होटल क्वरेण्टीनमा राखिएको थियो । हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज खेलाडीलाई खोप दिइएको एन्फाले जनाएको छ । एन्फाका अनुसार खोप लगाएपछि खेलाडीहरू घर गएका छन् । सन् २०२२ को फिफा ...