दाङ : लुम्बिनीमा हुने राष्ट्रियसभा निर्वाचनका लागि तयारी पूरा भएको छ। लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।मतदान केन्द्रहरूमा मंगलबार बुथ निर्माणको काम सकिएको निर्वाचन कार्यालयले जनाएको छ।लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी ३ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो।लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रीतेन्द्र थापाले बताए।