वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

हेटौँडा : भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशमा तयारी पूरा भएको छ। वाग्मती प्रदेशमा महिलातर्फ एक जना र अन्यतर्फ एक जना गरी २ पदमा भोलि (बुधवार) हुने निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ। मतदान हेटौँडा-९ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभाहलमा बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ।…