यस्तो छ न्यायाधीश र वकिलको 'घुस डिल', न्यायपरिषद बैठक जारी

काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र प्रसाद पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ।मंगलबार न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ ले ०७८ पुसमा वकिल र न्यायाधीशबीच भएको उक्त संवाद  हाल सार्वजनिक गरेको हो। १० मिनेटको उक्त अडियोमा वकिल रुद्र प्रसाद पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबीच मोलमोलाइ भएको छ।अडियोमा वकिल पोख्रेल इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्न

सम्बन्धित सामग्री

न्यायाधीशको रोलक्रम फेरबदल गर्ने नियम ल्याएपछि विवाद

४ असोज, काठमाडौं । न्यायसेवाको उच्च पदमा काम गरेर न्यायाधीश भएकाहरुलाई माथिल्लो रोलक्रममा राख्नेगरी न्यायपरिषद नियमावली २०७४ मा हालै गरिएको संशोधन विवादमा परेको छ । सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार र रजिष्ट्रार (सचिव) बाट उच्च अदालतमा न्यायाधीश नियुक्त हुनेहरुलाई माथिल्लो वरियतामा रहने गरी हालै न्यायपरिषद नियमावली संशोधन गरिएको थियो । नियमावली संशोधन भएर १ असोजमा राजपत्रमा प्रकाशित […]

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइराला ‘निलम्बन’

काठमाडौँ । घूस काण्डमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो । छानबिन समिति गठन बारेको सूचना आज (सोमबार) राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । राजपत्रमा प्रकाशित […]

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला ‘निलम्बित’

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश  कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र क

न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । न्यायापरिषदले घुस लेनदेन प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदातलका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ठगी आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न मोलमोलाई गरेको अडियो प्रकरण सार्वजनिक भएपछि न्यायापरिषद्को बैठकले न्यायपरिषद सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च […]

न्यायाधीश-वकिल करोडौंको डिल : न्यायपरिषदकाे आकस्मिक बैठक बस्दै

काठमाडौं :  काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र कानुन व्यवसायी रुद्र पोखरेल बीच करोडौं घुस लिनेदिने बिषयको अडियो सार्वजनिक भएपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषदको आकस्मिक बैठक बोलाएका छन्। न्यायपरिषदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको न्यायपरिषद एक सदस्यले  जानकारी दिए। उनका अनुसार बैठकको एजेन्डाबारे भने केही बताइएको छैन्। न्युज २४ टेलिभिजनले नेपाल बार एशोसियसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका

इजलासबाट अधिवक्तालाई ‘गेट आउट’ भनेपछि न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं : जिल्ला अदालत नवलपरासीका न्यायाधीश अशोकुमार बस्नेतविरुद्ध न्यायपरिषद र नेपाल बार एसोसिएसनमा उजुरी परेको छ।घरेलु हिंसा मुद्दामा बहस गर्ने अधिवक्ता अमरबहादुर शाहले इजलासमा आफूमाथि न्यायाधीश बस्नेतबाट दुर्व्यवहार भएको भन्दै न्यायपरिषद र बार एसोसिएसनमा उजुरी गरेका हुन्। सम्बन्ध विच्छेद, माना चामल र अंशसम्बन्धी मुद्दाको फैसलामा चित्त नबुझेर पुनः रिट दिएका प्रतिवादीको मुद्दा प्राकृतिक न्यायको सिद्धान्त अनुरुप न्यायाधीश बस्नेतले हेर्न नमिल्ने बताउँदा आफूमाथि दुर्व्यवहार भए

मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् । यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा […]