न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिकामा देखिएको विवादका सम्बन्धमा सर्वोच्च अदालतले निरुपण गर्ने भएको छ । सर्वोच्च अदालतले सो प्रयोजनका लागि यसअघि कायम मुकायम मुख्य रजिष्ट्रारले गरेको दरपीठ आदेश बदर गरिदिएको छ । बुधबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अधिवक्ता कीर्तिनाथ शर्माले न्यायपरिषद सचिवालयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । ‘निवेदकहरुले आफ्नो रिट निवेदनमा न्यायाधीश नियुक्तिको प्रकृया सम्बन्धी निर्देशिका, २०७९