काठमाडौं : जिल्ला अदालत नवलपरासीका न्यायाधीश अशोकुमार बस्नेतविरुद्ध न्यायपरिषद र नेपाल बार एसोसिएसनमा उजुरी परेको छ।घरेलु हिंसा मुद्दामा बहस गर्ने अधिवक्ता अमरबहादुर शाहले इजलासमा आफूमाथि न्यायाधीश बस्नेतबाट दुर्व्यवहार भएको भन्दै न्यायपरिषद र बार एसोसिएसनमा उजुरी गरेका हुन्। सम्बन्ध विच्छेद, माना चामल र अंशसम्बन्धी मुद्दाको फैसलामा चित्त नबुझेर पुनः रिट दिएका प्रतिवादीको मुद्दा प्राकृतिक न्यायको सिद्धान्त अनुरुप न्यायाधीश बस्नेतले हेर्न नमिल्ने बताउँदा आफूमाथि दुर्व्यवहार भए