भद्रपुर उडेको बुद्ध एअरको जहाज बीचबाटै काठमाण्डौ फर्कियो

काठमाण्डौ - काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ । बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले जानकारी दिनुभयो ।   

सम्बन्धित सामग्री

भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौँ फर्काइयो

काठमाडौँ । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन […] The post भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौँ फर्काइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भद्रपुर उडेको बुद्ध एयरको विमान किन अवतरण नै नगरि काठमाडौं फर्कियो ?

काठमाडौंः काठमाडौंबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको ९५३ नम्बरको जहाज अवतरण नगरि पुनः काठमाडौं फर्किएको छ। बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान ११ बजेर ६ मिनेटमा पुनः अवतरण नगरि फर्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। अहिले विमानको प्राविधक पक्षको चेक भइरहेको सिटौंलाले जानकारी दिए। 'विमानको टायरको…

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको जहाज काठमाडौँ फर्कियो

भद्रपुरका लागि उडेको बुद्ध एअर ९५३ उडान नम्बरको जहाज काठमाडौँ नै फर्किएको छ।

बुद्ध एयरको जहाजमा पटक–पटक समस्या, आजफेरी भद्रपुर उडेको जहाज काठमाडौं फिर्ता

काठमाडौं, जेठ १८ । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फिर्ता भएको छ । विहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाजको टायरमा समस्या देखिएपछि काठमाडौं फर्किएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ को जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा […]

भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो

१८ जेठ, काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो । विमान […]

भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान  ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए

बुद्धको भद्रपुर–पोखरा उडान वैशाख २ देखि

काठमाडौं । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट दैनिक पोखरा सीधा उडान गर्ने भएको छ । उक्त रूटमा जहाज सञ्चालनका लागि कम्पनीले उडान तालिकासहित भाडादर पनि सार्वजनिक गरेको छ । बुद्ध एयरले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ वर्ष २०७९ को अवसर पारी यो रूटमा उडान गर्ने जानकारी दिएको हो । यस रूटका लागि बुद्धले शुरुआती भाडादर रू. ६ हजार ९०० कायम गरेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १ बजेर २५ मिनेट र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने तालिका छ । यो रूटको उडानबाट दुवै प्रदेशका बासिन्दा मात्र लाभान्वित नभई सीमापारि सिलगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरू भित्रिन सजिलो हुने कम्पनीको दाबी छ । सीमापारिबाट आएका पर्यटकहरू भद्रपुरबाट सिधा पोखरा जान सक्नेछन् । भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरूको पनि पर्यटकले अवलोकन गर्न सक्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजहरू ल्याएको छ । भद्रपुर–पोखराका लागि रू. १५ हजारमा २ रात ३ दिनको प्याकेज बुद्ध होलिडेजले सार्वजनिक गरेको छ । उक्त प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थलसम्म गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट हुने कम्पनीले उल्लेख गरेको छ । बुद्ध एयरले काठमाडौंबाहेक पोखरालाई देशका विभिन्न प्रदेशसँग सीधा उडानले जोड्दै आएको छ । कम्पनीले यसअघि नै भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सीधा पोखरा उडान विस्तार गरिसकेको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११, ४२ सिटे एटीआर–४२ जहाज ३ र दुईओटा बीचक्राफ्ट जहाज छन् ।

टर्बो जहाज थपेसँगै एयरलाइन्सको जहाज संख्या ८ पुग्यो

माघ १६, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शुक्रवार टर्बाे जहाज थपेसँगै कम्पनीसँग जहाजको संख्या ८ पुगेको छ । केही साता अघिमात्रै एउटा जहाज ल्याएको उक्त कम्पनीले शुक्रवार मात्रैथप एउटा जहाज काठमाडौंमा ल्याएको हो । कम्पनीले टर्बाे प्रो क्यु ४०० जहाज नेपालमा ल्याएको हो । तुम्लिंटार तथा सुर्खेत विमानस्थलमा समेत नियमित उडानहरु सञ्चालन गर्न पर्यटन व्यवसायी र यात्रुबाट पनि माग आएको कम्पनीले उल्लेख गरेको छ ।  आन्तरिक तथा अन्तरराष्ट्रिय गन्तव्यहरुका लागि उपयुक्त विमान भएकाले थप एउटा जहाज थपिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  २०१७ देखि सिआरजे २०० र सिआरजे ७०० जेट विमानहरुबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, राजविराज उडान गर्दै आएको उक्त कम्पनीले २०१९ देखि भने यी सेक्टरबाहेक पोखरा, जनकपुर, सिमरामा उडान विस्तार गरेको छ ।