भद्रपुर उडेको बुद्ध एयरको जहाज बिचबाटै काठमाडौं फर्कियो, जहाजमा ७३ जना यात्रु सवार

  काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज झपा नपुगी काठमाडौंमै फर्किएको छ । उक्त जहानमा ४ जना चालक दलका सदस्यसहित ७३ जना यात्रु सवार थिए । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको टायरमा समस्या देखिएपछि काठमाडौंमै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । उक्त जहाज काठमाडौंबाट बिहान १० बजेर ४३ मिनेटमा […]

सम्बन्धित सामग्री

ठुला जहाज भित्र्याएर उडान प्रतिस्पर्धामा वायुसेवा कम्पनी

आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीहरू ठुला जहाज भित्र्याएर सुगम गन्तव्यमा उडान प्रतिस्पर्धामा लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर आन्तरिकतर्फका गन्तव्यमा उडान गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयर, श्री एयरलाइन्सलगायतले सुगमको उडानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । वायुसेवा कम्पनीबिचको उडान प्रतिस्पर्धाले यात्रुले समेत हवाई भाडा दरमा सहुलियत पाउने हवाई कम्पनीको दाबी छ । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सफल परीक्षण उडान गरेको श्री एयरलाइन्सले भरतपुर, भद्रपुर र तुम्लिङटारमा उडान गर्ने तयारी गरिरहेको छ ।

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ’,स्टेशन म्यानेजर गौतम बरालले भने […]

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा १७ फागुन । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर […]

भद्रपुर उडेको बुद्ध एयर जहाजको टायरमा समस्यापछि आपत्कालीन अवतरण

काठमाडौं । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपत्कालीन अवतरण गराइएको छ । विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो । बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बाह्रखरीलाई जानकारी...

आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा हवाई कम्पनीहरु

असार १२, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।             आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले संक्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । ती एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने बताएका छन् ।             एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतवारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने बताएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित संख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको बताएका छन् ।             अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने बताएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले बताएको छ ।             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ ।             अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ ओटा उडान गर्नेछ । कम्पनीले काठमाडौंदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।             यस्तै यती एयरलाइन्सले कुल १५ ओटा उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।             कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।   रासस

हुस्सुले तराई तथा दुर्गम भेगका जिल्लाको उडान प्रभावित

काठमाडौं । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ । बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन । सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन् यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए । यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो । बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन । बुद्धले आज पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन । यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट ...