माघ १६, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शुक्रवार टर्बाे जहाज थपेसँगै कम्पनीसँग जहाजको संख्या ८ पुगेको छ ।
केही साता अघिमात्रै एउटा जहाज ल्याएको उक्त कम्पनीले शुक्रवार मात्रैथप एउटा जहाज काठमाडौंमा ल्याएको हो । कम्पनीले टर्बाे प्रो क्यु ४०० जहाज नेपालमा ल्याएको हो । तुम्लिंटार तथा सुर्खेत विमानस्थलमा समेत नियमित उडानहरु सञ्चालन गर्न पर्यटन व्यवसायी र यात्रुबाट पनि माग आएको कम्पनीले उल्लेख गरेको छ ।
आन्तरिक तथा अन्तरराष्ट्रिय गन्तव्यहरुका लागि उपयुक्त विमान भएकाले थप एउटा जहाज थपिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
२०१७ देखि सिआरजे २०० र सिआरजे ७०० जेट विमानहरुबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, राजविराज उडान गर्दै आएको उक्त कम्पनीले २०१९ देखि भने यी सेक्टरबाहेक पोखरा, जनकपुर, सिमरामा उडान विस्तार गरेको छ ।