मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं- काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ। यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ। यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार […]

सम्बन्धित सामग्री

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह -

एलओडी सहित ठमेलका ४३ डान्सबार, दोहोरी र क्लबलाई कर तिर्न काठमाडौं महानगरको पत्र

यसपटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्र पठाइएको हो ।

दुई क्यासिनोले तिरेनन् महानगरलाई कर

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपनि दुई वटा क्यासिनोले भने अझै पनि कर तिर्न अटेर गरेको पाइएको छ । काठमाडौ महानगरपालिकाका अनुसार र्‍याडिसन होटलमा सञ्चालित क्यासिनो र्‍याट र याक एन्ड यतीमा सञ्चालित रोयल क्यासिनोले कर नतिरेका हुन् । मनोरञ्जन कर बुझाउन दुवै क्यासिनोलाई पत्राचार गरिए पनि सम्पर्कमै नआएको महानगरको राजस्व […]

मल्ल र सोल्टीको क्यासिनोले तिरे मनोरञ्जन कर

२४ भदौ, काठमाडौं । तारे होटलहरुमा सञ्चालित क्यासिनोको मनोरञ्जन कर तिर्न महानगरले तोकता गरेपछि ३ वटा क्यासिनोले कर तिरेका छन् । बिहीबार महानगरपालिकामा वडा नम्बर १३ मा रहेको होटल सोल्टीको क्यासिनो माजोङ्ग इन्टरटेनमेन्ट र वडा नम्बर २६ मा रहेको मल्ल होटलको बेली क्यासिनोले पनि मनोरञ्जन कर तिरेका हुन् । दुई वटा क्यासिनोले करिब ३० लाख […]

७ क्यासिनोलाई ७ दिनमा कर तिर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ वटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ । आइतबार महानगरपालिकाका राजस्व भिभाग प्रमुख शिवराज अधिकारीले जारी गरेको पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक-पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५ / ०७६ देखि हालसम्म कर नबुझाएकोले गर्दा ७ दिनभित्र मनोरञ्जन कर बुझाउनु ।’ […]

महानगरको नजर क्यासिनाेतिर, ७ दिनभित्र कर तिर्न ताकेता

काठमाडौं : काठमाडौं महानगरपालिकाले ७ दिनभित्र मनोरञ्जन कर बुझाउन काठमाडौंमा सञ्चालित क्यासिनोहरुलाई ताकेता गरेको छ।तीनवर्ष अघिदेखि राजस्व बुझाउन नआएका क्यासिनोहरुलाई आज पत्र पठाउँदै महानगरले जरिवानासहितको कर रकम बुझाउन ताकेता गरेको हो।यदि ताेकिएकाे समयमा कर नबुझाए कानुनबमोजिम कारबाही गर्दै कर असूलउपर गर्ने चेतावनीसमेत महानगरले दिएको छ।पत्र काटिएका क्यासिनोहरुमा डेल्टीन, क्यासिनो प्यालेस, क्यासिनो र्‍याट, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियसन, माजोङ इन्टरटेनमेन्ट, बाल्को क्यासिनो, बेली क्यासिनो

क्यासीनो संचालकहरुलाई ७ दिन भित्र मनोरञ्जन कर बुझाउन महानगरको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र मनोरन्जन कर तिर्न राजधानीका ७ वटा क्यासिनोलाई पत्राचार गरेको छ।...

सात क्यासिनोलाई काठमाडौँ महानगरको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही

काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ । आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटेल म्यारियटको डेल्टीन, होटेल अन्नपूर्णका क्यासिनो प्यालेस, होटेल र्‍याडिसनको क्यासिनो र्‍याड, होटेल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटेल सोल्टीको माजोङ्ग र मल्ल होटेलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो । बागमती प्रदेशको आर्थिक ऐनले […]

महानगरले भन्यो, ‘नवीकरण गर्ने व्यवसायको मनोरञ्जन कर तिरे नतिरेको चेकजाँच गर्नु’

काठमाडौँ– काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर फिल्म हलसँग ५ प्रतिशत कर लिँदै आइरहेको छ। यद्यपि उक्त कर समयमा नबुझाएपछि महानगरपालिकाले बेलामै हल लगायत मनोरञ्जन क्षेत्रलाई कर तिर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महानगरले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन दिएको छ  ।  […]

कर तिरेर मात्र मनोरञ्जन क्षेत्र सञ्चालन गर्नु ः महानगरपालिका

काठमाडौं : काठमाडौ महानगरपलिकाले महानगर क्षेत्रभित्र सञ्चालन हुने  सिनेमा हललाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ। बुधबार एक सूचना  सार्वजनिक गर्दै  महानगरलाई मनोरञ्जन कर तिरी नवीकरण गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हल, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सास्कृतिक प्रदर्शन हल, थिएटर र नाटक घरलाई महानगरले मनोरञ्जन कर तिर्न भनेको छ।फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्