पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर आंशिक बदली हुने पूर्वानुमान छ। बुधबार […]