‘अर्णव’ चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, हिमाली क्षेत्रमा सतर्कता

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्णव’ चक्रवातको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने सम्भावना छ। महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै थप शक्तिशाली हुन सक्नेछ। उक्त प्रणाली भारतीय […]