'चिसो मान्छे' अमेरिका र क्यानडामा पनि असार ३ मै प्रदर्शन हुने

काठमाडौं : दिपेन्द्र के खनालको लेखन, निर्देशन तथा छायांकन रहेको नेपाली फिल्म चिसो मान्छेको अमेरिका र क्यानडा राइट्स बिक्री भएको छ। कपिराइट्स बिक्री भएसँगै अमेरिका र क्यानडामा पनि असार ३ देखि नै प्रदर्शनमा आउने भएको हो। केही दिनअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। विदेशमा निधन भएका श्रीमानको शव लिन आएकी श्रीमतीको प्रेमकथामा फिल्म आधारित रहेको छ। डिएस डि

सम्बन्धित सामग्री

क्यानडामा इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन

काठमाडौं– क्यानडामा खालिस्तानीहरुले इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन गरेका छन । उनीहरूले क्यानडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए, जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई पनि झाँकीको रुपमा समावेश गरेका छन् । उनीहरुको अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो। यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना […]

लिग टु क्रिकेट : क्यानडामा अभ्यास फितलो, स्कटल्याण्डमा चुनौती

२३ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा अर्को साता सुरु हुने आफ्नो पाँचौ शृंखलाअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडामा तयारी सकाएको छ । स्कटल्याण्ड भ्रमणको तयारी स्वरुप क्यानडामा खेलेका अभ्यास खेलमा नेपालको प्रदर्शन फितलो रह्यो । क्यानडामा नेपालले स्थानीय टिमसँग दुई अभ्यास खेल जिते पनि क्याडना विरुद्धको एकदिवसीय खेलमा भने खराब प्रदर्शन […]

क्यानडामा ५० वर्षमा पहिलो पटक प्रधानमन्त्रीले लगाए आपतकाल

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार विरोध प्रदर्शन रोक्नका लागि आपतकालीन शक्तिको प्रयोग गरेका छन् । अमेरिकासँग जोडिएको सीमा बन्द गरिएका छन् ।आपतकाल अधिनियमअन्तर्गत सरकारले प्रदर्शनकारीको कोषमा कटौती गर्ने उद्देश्यले यस्तो कदम उठाएको हो । ५० वर्षमा पहिलो पटक क्यानडामा आपतकाल लगाइएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार प्रधानमन्त्री ट्रुडोले मिडियासँगको कुराकानीमा भने, ‘यसरी नाकाबन्दी गर्दा हाम्रो अर्थव्यवस्थामा हानी पुगिरहेको छ र सार्वजनिक सुरक्षालाई पनि खतरामा पारिएको छ । ह

क्यानडामा प्रदर्शन चर्कियो‚ प्रधानमन्त्री लुकेका लुक्यै

टोरन्टो: क्यानडामा हजारौं मानिसले खोप अनिवार्य बनाउने र कोभिड प्रतिबन्धहरू जस्ता सरकारी आदेशका विरुद्ध प्रदर्शन गरिरहेका छन्।क्यानडाका विभिन्न शहरमा मानिसले र्‍याली निकालेर सडक अवरुद्ध गरिरहेका छन्। यी प्रदर्शन शान्तिपूर्ण भए पनि प्रदर्शनकारीको संख्या अत्यधिक छ।प्रहरीले शनिबार ओटावामा झण्डै ५ हजार मानिसले प्रदर्शन गरेको बताएको छ।यसैगरी क्यानडाका ठूला शहरहरू टोरन्टो, क्युबेक सिटी, फ्रेडरिक्टन र विनिपेगमा सयौं प्रदर्शनकारीहरू भेला भएका छन्।समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै टो

क्यानडामा कोरोना खोपविरुद्ध देशव्यापी प्रदर्शन

२३ माघ, काठमाडौं । क्यानडामा कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य बनाइएको विरोधमा सुरु भएको प्रदर्शन देशभर फैलिन थालेको छ । राजधानी ओटावाबाट अन्य सहरमा समेत कोभिड खोपविरुद्धको प्रदर्शन देशव्यापी बन्न थालेको हो । शनिबार क्यानडाका कैयौं सहरमा हजारौं मानिसले शान्तिपूर्ण जुलुस निकाल्दै कोभिड खोपविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् । सुरुमा ट्रक ड्राइभरले सुरु गरेको प्रदर्शनमा अन्य […]

क्यानडामा ट्रक चालकहरुको प्रदर्शन जारी

काठमाडौं । क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । ट्रक चालकका लागि लागु गरिएका नियमहरुप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गर्दै प्रदर्शन जारी राखेका हुन् । राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । अमेरिका र क्यानडाको सीमा […]

क्यानडामा ट्रक चालकको हडतालमा फहराइयो नाजी झण्डा

क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोविरुद्ध प्रदर्शन गरिरहेका ट्रक चालकहरूले संसद् भवननजिक हिटलरको स्वस्तिक झण्डा फहराएका छन् । ट्रुडोले ट्रक चालकहरूका विरुद्ध अराजक तत्त्वको झुण्ड भनी बयान दिएपछि उनीहरू बेस्सरी रिसाएका छन् । आफ्ना २० हजार ट्रकहरू लिएर चालकहरू प्रधानमन्त्र िनिवास र संसद् भवनलाई घेरेर बसेका छन् ।  प्रदर्शनकारीहरूले नाजी झण्डा फहराएको अनि सैनिकहरूको कब्रिस्तान नजिक नाचेको घटनाको पनि सरकारले अनुसन्धान गर्ने भएको छ ।  राजधानी ओटावा शहरका मेयर जिम वाट्सनले आफ्ना कर्मचारीहरूलाई ट्रक चालकहरूले दुःख दिएक...

चीनले हङकङ, तिब्बत र सिन्जियाङमा दमन गरेको भन्दै क्यानडामा प्रदर्शन

क्यानडा। चीनले हङकङ, तिब्बत, सिन्जियाङमा दमन गरेको भन्दै भ्यानकुभरमा विरोध प्रदर्शन गरेका छन्। विभिन्न सङ्घसंस्था हरूसँग आबद्ध रहेकाहरूले भ्यानकुभर स्थित चिनियाँ वाणिज्य दूतावासबाहिर विरोध प्रदर्शन गरेका हुन्। चीन विरुद्धको उक्त प्रदर्शन दिउँसो २ बजेदेखि जार बजेसम्म गरिएको थियो। प्रदर्शनकारी हरूले चीन विरोधी नारा लगाएका थिए। क्यानडास्थित दक्षिण एसियाका आप्रवासीहरू पनि उनीहरूको विरोधमा थिए। प्रदर्शनकारीहरूले “हङकङका... The post चीनले हङकङ, तिब्बत र सिन्जियाङमा दमन गरेको भन्दै क्यानडामा प्रदर्शन appeared first on Purbeli News.