क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोविरुद्ध प्रदर्शन गरिरहेका ट्रक चालकहरूले संसद् भवननजिक हिटलरको स्वस्तिक झण्डा फहराएका छन् ।
ट्रुडोले ट्रक चालकहरूका विरुद्ध अराजक तत्त्वको झुण्ड भनी बयान दिएपछि उनीहरू बेस्सरी रिसाएका छन् । आफ्ना २० हजार ट्रकहरू लिएर चालकहरू प्रधानमन्त्र िनिवास र संसद् भवनलाई घेरेर बसेका छन् ।
प्रदर्शनकारीहरूले नाजी झण्डा फहराएको अनि सैनिकहरूको कब्रिस्तान नजिक नाचेको घटनाको पनि सरकारले अनुसन्धान गर्ने भएको छ ।
राजधानी ओटावा शहरका मेयर जिम वाट्सनले आफ्ना कर्मचारीहरूलाई ट्रक चालकहरूले दुःख दिएक...