टोरन्टो: क्यानडामा हजारौं मानिसले खोप अनिवार्य बनाउने र कोभिड प्रतिबन्धहरू जस्ता सरकारी आदेशका विरुद्ध प्रदर्शन गरिरहेका छन्।क्यानडाका विभिन्न शहरमा मानिसले र्याली निकालेर सडक अवरुद्ध गरिरहेका छन्। यी प्रदर्शन शान्तिपूर्ण भए पनि प्रदर्शनकारीको संख्या अत्यधिक छ।प्रहरीले शनिबार ओटावामा झण्डै ५ हजार मानिसले प्रदर्शन गरेको बताएको छ।यसैगरी क्यानडाका ठूला शहरहरू टोरन्टो, क्युबेक सिटी, फ्रेडरिक्टन र विनिपेगमा सयौं प्रदर्शनकारीहरू भेला भएका छन्।समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै टो