प्रतिकित्ता १४५ मा सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

प्रतिकित्ता १४५ मा सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

सम्बन्धित सामग्री

संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी तीन कम्पनीको संस्थापक शेयर विक्रीमा

काठमाडौं । एक वाणिज्य बैंकसहित तीन कम्पनीको संस्थापक शेयर शुक्रवारबाट विक्रीमा राखिएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकको २ हजार कित्ता, सानिमा बैंकको ६८ हजार कित्ता र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९९४ कित्ता संस्थापक शेयर विक्रीमा राखिएका हुन् । ती शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने छन् । तीन कम्पनीमध्ये सानिमा बैंकले शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । अन्य दुई कम्पनीले भने मूल्य खुलाएका छैनन् । ती शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सानिमा बैंकको शेयर खरीद गर्नका लागि काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा, किसान लघुवित्तको शेयर खरीदका लागि कैलाली र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा ती शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी तीन कम्पनीको संस्थापक शेयर विक्रीमा

काठमाडौं । एक वाणिज्य बैंकसहित तीन कम्पनीको संस्थापक शेयर शुक्रवारबाट विक्रीमा राखिएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकको २ हजार कित्ता, सानिमा बैंकको ६८ हजार कित्ता र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९९४ कित्ता संस्थापक शेयर विक्रीमा राखिएका हुन् । ती शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने छन् । तीन कम्पनीमध्ये सानिमा बैंकले शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । अन्य दुई कम्पनीले भने मूल्य खुलाएका छैनन् । ती शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सानिमा बैंकको शेयर खरीद गर्नका लागि काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा, किसान लघुवित्तको शेयर खरीदका लागि कैलाली र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा ती शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

सानिमा जिआईसीको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १३ लाखभन्दा बढी कित्ता शेयर विक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता शेयर विक्रीमा राखेको हो । हाल कम्पनीका संस्थापक शेयरधनीले मात्रै उक्त शेयर खरीद गर्न आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर संख्या र प्रतिकित्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन् । यो शेयर खरीदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

छिमेक लघुवित्त र सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक र छिमेक लघुवित्तले संस्थापक तर्फको शेयर आजदेखि विक्रीमा ल्याएका छन् । सानिमा बैंकको २ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको १५ हजार कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । सानिमा बैंकको शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ भने छिमेक लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी सम्बन्धित कम्पनीको शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । छिमेक लघुवित्तको शेयर खरीदका कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा र सानिमा बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

सानिमा बैंक र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेड र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सानिमा बैंकले ६७ हजार संस्थापक शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हाे । बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ । बैंकको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. १५१ छ भने सर्वसाधारण तर्फको शेयर मूल्य प्रतिकित्ता रू. २५९ दशमलव ९० छ । त्यस्तै, सूर्योदय वोमी लघुवित्तको ९७ हजार २९२ कित्ता संस्थापक शेयर पनि विक्रीमा आएको छ ।  लघुवित्तले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय, ललितपुरमा आवेदन पेस गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. ४४७ छ । सर्वसाधारणतर्फको शेयर मूल्य भने प्रतिकित्ता रू. ७६० कायम भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले जारी गरेको सूचनामा शेयरको मूल्य भने उल्लेख गरिएको छैन । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

जेठ २०, काठमाडौं । सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा आएको छ ।  बैंकले डा. निरज गोविन्द श्रेष्ठको नाममा रहेको उल्लेखित कित्ता शेयर प्रतिकित्ता रू. २०० मा विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो । यो शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।  आवेदन दिँदा न्यूनतम २ लाख कित्ता माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

सानिमा बैंकको १५ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

जेठ ११, काठमाडौं । सानिमा बैंकको १५ लाख कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ ।  बैंकले यस अघि मंसिर २२ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा विक्री हुन नसकेको १५ लाख कित्ता संस्थापक शेयर भने अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।  यो शेयरको मूल्य प्रतिकित्ता रू. २२० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।

सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

मंसिर २२, काठमाडौं । सानिमा बैंकले २० लाख ५ हजार ३०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २२० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर विक्रीमा

मंसिर १७, काठमाडौं । सानिमा बैंकले १० लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २२० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त शेयर खरीदका लागि न्यूनतम १ लाख कित्ताका लागि निवेदन दिन पर्नेछ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

सानिमा बैंकको १२ हजार ७५१ कित्ता संस्थापक शेयर विक्रीमा

असोज १२, काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी धर्मकला थपलियाको नाममा रहेको १२ हजार ७५१ कित्ता संस्थापक शेयर (आव २०७७/७८ को प्राप्त हुने लाभांश समेत) विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य तोकिएको छैन ।  उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले खरीद गर्ने शेयर कित्ता खुलाइ निवेदन दिन अनुरोध गरेको छ ।  उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।